नेभिगेशन
समाज

निर्वाचन ७१ दिन बाँकीः चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा नजिकिँदै गर्दा राजनीतिक दलले आन्तरिक तयारी तीव्र पारेका हुन् ।

Ncell
Extreme Energy

विघटित प्रतिनिधिसभामा रहेका राजनीतिक दल र नयाँ दर्ता भएका सबै दलले समानुपातिक सूची तय गर्न आवश्यक राजनीतिक छलफल तथा तयारी गरिरहेका छन् । मङ्गलबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, प्रमुख तीन राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्नुभएको थियो ।

सरकारले निर्वाचनका लागि आवश्यक तयारी गरेको, आयोगले तयारीलाई तीव्र पारेका कारण क्रमशः वातावरण बन्दै गएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभाको निर्वाचनका लागि ९३ दलले समानुपातिक सूचीमा रहन निवेदन दिएका छन ।

आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी हुने राजनीतिक दलका लागि कार्यतालिका बनाइसकेको छ । दलहरूले नयाँ प्रतिशतका आधारमा समावेशी समूह मिलाएर आगामी पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा तोकिएको छ ।

आयोगले समानुपातिकतर्फको उम्मेदवार छनोटका लागि राजनीतिक दललाई आवश्यक तालिम दिएको छ । यसबाट समानुपातिकतर्फको प्रतिशत निर्धारण एवं जनसङ्ख्याका आधारमा बदलिँदो व्यवस्थाअनुसार काम गर्न सहज हुनेछ ।

आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारण गरेको छ । जनगणनामा समावेशीतर्फका केही समूहमा जनसङ्ख्या थपघट भएको सोहीअनुसारको प्रबन्ध गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अन्तरजातीय प्रेम विवाह गरेको केही समयपछि रहस्यमय मृत्यु भएका काभ्रेका अजित मिजारको परिवारले १० वर्षपछि पनि न्याय नपाएको भन्दै नयाँ सरकारसँग न्यायको पहल गर्न आग्रह गरेको छ ।...
२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार कञ्चनपुर पुनर्वासका हेमराज जोशीले जितेका छन् ।
सरकारले गर्‍यो ३२ हजारभन्दा बढी गुनासो फर्छ्योट

सरकारले गर्‍यो ३२ हजारभन्दा बढी गुनासो फर्छ्योट

सरकारले शासकीय सुधारलाई प्राथमिकता दिँदै सय बुँदे कार्यसूची कार्यान्वयनलाई निरन्तरता दिएको जनाएको छ ।
राहदानीसम्बन्धी कानुन समयसापेक्ष बनाउन संशोधन आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

राहदानीसम्बन्धी कानुन समयसापेक्ष बनाउन संशोधन आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानीसम्बन्धी विद्यमान कानुनी व्यवस्थालाई समयसापेक्ष बनाउन संशोधन आवश्यक रहेको बताएका छन्।