नेभिगेशन
मुख्य समाचार

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

मुस्ताङ । नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ ।

कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले यहाँ निर्माणाधीन घमी खोला पुलको भौतिक प्रगति ८० प्रतिशत पुगेको र चालु आर्थिक वर्षमै सक्नेगरी काम गरिरहेको जनाइएको छ ।

CG

यहाँस्थित कोरला नाका जोड्ने एक स्पानको ४० मिटर लम्बाइको घमी खोला पुलको ठेक्का सम्झौता २०७५ साल पुस १९ गते भएको थियो । यहाँ पुल निर्माणका लागि हिमढुङ ठोक्कर एण्ड इमोटल जेभीले रु छ करोड ८० लाख लागतमा ठेक्का सम्झौता गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार सडकको काम सकिए पनि पुल निर्माणले लामो समयदेखि हुन सकेको थिएन । घमी खोलामा पुल सम्पन्न भएपछि सवारीसाधन सञ्चालनमा सहज हुने अध्यक्ष विष्टको भनाइ छ ।

सम्झौताअनुसार विसं २०७८ पुस ९ गते पुल निर्माण भइसक्नुपर्ने थियो । निर्माण कम्पनीले प्रतिकूल मौसम र हिमपातलगायत कारण देखाएर पुल निर्माण अलपत्र पारेको थियो ।

निर्माण कम्पनीलाई पटकपटक ताकेता गरिँदासमेत निर्माण कम्पनी कार्यस्थलमा नफर्किएपछि निर्माण कम्पनीलाई छ महिनाको अल्टिमेटम दिएर लागतको (०.०५) प्रतिशत जरिवाना लाग्ने गरी दैनिक हर्जाना तोकेको थियो ।

आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कोरला नाका जोड्ने (बेनी–जोमसोम–कोरला)सडकमा १४ वटा पुल सम्पन्न भइसकेका छन् । माथिल्लो मुस्ताङको घमी खोला पुल पनि चालु आवमै सम्पन्न हुने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले बुधबार तीन दलका कार्यालयको अनुगमनका साथै वार्ता र संवाद गर्ने भएको हो । समितिले विहान ११ बजे जनमत पार्टीको कार्यालय, दिउँसो...
आवश्यक भएकालाई तत्कालै राहदानी उपलब्ध गराइने

आवश्यक भएकालाई तत्कालै राहदानी उपलब्ध गराइने

विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो । राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी आपूर्ति भएको छ ।
बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १९४ रुपैयाँ...
निर्वाचन ७१ दिन बाँकीः चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु

निर्वाचन ७१ दिन बाँकीः चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु

तिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ ।