नेभिगेशन
समाज

सरकारी संवाद समितिको टोली दलहरुको कार्यालयमा

काठमाडौँ । नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन विभिन्न राजनीतिक दलको कार्यालय पुगेर छलफल गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिका संयोजक र सदस्यसहितको टोलीले आज जनमत पार्टीको कार्यालय अनुगमन गरी निर्वाचनसम्बन्धी छलफल गरेको हो । छलफलपछि उद्योग, पर्यटन र कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री अनिल सिन्हाले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचन समयमा गर्नैपर्ने र त्यसका लागि सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिए । 

Ncell
Extreme Energy

समितिका संयोजकसमेत रहेका उनले भने, “सरकारले के तयारी गरेको छ भन्ने कुराको हामीहरुले जानकारी दिएका छौँ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग पनि बृहत् रुपमा छलफल भयो । निर्वाचनको तयारी भइरहेको बारेमा हामीले स्पष्ट रुपमा उल्लेख गरेका छौँ । उहाँले चुनाव गर्दा केही सुरक्षाका विषय उपायको बारेमा र केही अन्य ‘लजिस्टिक्स’हरुको बारेमा पनि सरकारले ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ । त्यसलाई सरकारले गहन रुपमा लिने छ भन्ने कुराको मैले जानकारी गराए ।”

यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं समितिका सदस्य जगदीश खरेलले चुनावको वातावरण तयार गर्नका लागि सरकारको तर्फबाट मुख्य राजनीतिक दलहरुको पार्टी कार्यालयमै पुगेर छलफल प्रारम्भ गरेको बताए । नेपाल सरकारका प्रवक्तासमेत रहेका उनले सरकारले चुनावको आवश्यक तयारी गरिरहेको उल्लेख गर्दै निर्वाचनमा दलहरुको सहयोगका लागि आभार व्यक्त गरे । 

मन्त्री खरेलले भने, “जति राजनीतिक दलहरुका कार्यालयमा पुग्यौँ, चुनावका लागि वातावरण बनिसकेको र चुनावका लागि उहाँहरु तयार भएको सन्देश हामीले पाएका छौँ र अब हामी सबै चुनावमा होमिनुपर्छ भन्नेमा सरकार उत्साही भएर अगाडि बढेको यहाँहरुलाई जानकारी गराउँछु ।”

छलफलपछि अध्यक्ष राउतले सरकारको यो कदम सकारात्मक भएको उल्लेख गर्दै निर्वाचनको विषयमा जनमत पार्टीले सुरुदेखि नै भाग लिने भनेर निर्णय गरेको अवगत गराए । “त्यसका लागि आवश्यक तयारी जनमत पार्टीले गर्दै आएको छ । हामीले मेचीदेखि महाकालीसम्म एक चरण तयारी गरिसकेका छौँ । हामीले निर्वाचनको क्रममा हुनुपर्ने केही सुरक्षाका कुराको विषयमा  सरकारसँग कुरा राखेका छौँ र त्यसका लागि पनि हामीले सरकारबाट राम्रै आश्वासन पाएका छौँ ।” 

निर्वाचनमा सुरक्षादेखि हतियारका कुरा र कैदीबन्दी बाहिर भएको विषयमा कुरा उठाएको र सरकारबाट त्यसका लागि सकारात्मक आश्वासन पाएको अध्यक्ष राउतले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।
संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

मन्त्रिपरिषद्को मंगलबार बसेकाे बैठकले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।
यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

विराटनगरमा तास खेलिरहेको समूहलाई नियन्त्रणमा लिन प्रहरी पुगेपछि भएको भागाभागका क्रममा घाइते भएका एक जनाको हिरासतमै मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्।