नेभिगेशन
समाज

प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै दायर भएको पुरक रिटलाई पनि एकैसाथ राखेर सुनुवाइ गर्ने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीहरु हरिप्रसाद फुँयाल,  मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासले आज नेपाली कांग्रेसका निर्वतमान ८ सांसदले दायर गरेको पुरक रिट निवेदनलाई एकैसाथ राखेर सुनुवाइ गर्ने आदेश गरेको हो ।

Ncell
Extreme Energy

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाअनुसार प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै कांग्रेसका ५७ जना पूर्वसांसदले रिट निवेदन दायर गर्नुभएको थियो । विघटित संसद्का कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित आठ जना पूर्वसांसदले दिएको अघिल्लो निवेदनका साथ सरिक हुन पाउँ भनी पुरक निवेदन दिएका थिए । 

संसद् पुनःस्थापनाको माग गर्दै यसअघि दायर १७ वटा रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, सभामुख लगायतबाट लिखित जवाफ आइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।
संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

मन्त्रिपरिषद्को मंगलबार बसेकाे बैठकले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।
यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

विराटनगरमा तास खेलिरहेको समूहलाई नियन्त्रणमा लिन प्रहरी पुगेपछि भएको भागाभागका क्रममा घाइते भएका एक जनाको हिरासतमै मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्।