नेभिगेशन
समाज

सभापति देउवाले नाममात्रैको कार्यवाहक दिएको गगनको आरोप

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाले नाममात्रैको कार्यवाहक दिएको आरोप लगाएका छन् । उनले पार्टी बैठकमा नआएपनि सभापति देउवाले निवासबाटै पार्टी सञ्चालन गरेको टिप्पणी गरे । पार्टीको सर्वोत्तम हितका बारेमा सबैभन्दा बढी सभापतिले चिन्ता गर्नुपर्ने उनको भनाइ छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै उनले तोकिएको समयमा नै पार्टीको महाधिवेशनको सुनश्चितताका लागि वडा र क्षेत्र हुँदै केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । 

Ncell
Extreme Energy

बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा थापाले कार्यतालिका अनुसार महाधिवेशन गर्न समयको दवाव रहेकाले वडा र क्षेत्र हुँदै केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् ।  अन्य अधिवेशन महाधिवेशनपछि गर्न सकिने उनकोे प्रस्ताव छ । 

थापाले क्रियाशिल सदस्यताको विवाद समाधान गर्न सर्वाधिकार सम्पन्न प्रतिनिधि फिल्डमा उठाउनुपर्ने समेत बताएका छन् । बैठकपछि महामन्त्री थापाले पुष १६ गते गर्ने भनिएको वडा अधिवेशन पुस २१ गते, २३ गते क्षेत्रको अधिवेशन र २६ गते केन्द्रीय महाधिवेशन गर्न सकिने आफ्नो प्रस्ताव रहेको जानकारी दिए । प्रस्तावित कार्यतालिकामा सहमत नभए महाधिवेशनमा नै असर पर्ने उनको भनाइ छ । उनले आफूले प्रस्ताव गरेको विकल्प प्रस्ताव अमान्य भए विशेष महाधिवेशन कसैले रोक्न नसक्ने स्पष्ट पारे । 

बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरु— महेन्द्र यादव र बद्री पाण्डे सदस्यहरु– बिजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा.शेखर कोइराला, ज्ञानेन्द्र बहादुर कार्की, उमा रेग्मी, सुजाता कोइराला, एन.पी.साउँद र आनन्द प्रसाद ढुङ्गानाले धारणा राख्नुभएको थियो । बैठक बिहीबार दिउँसा १ बजे पुनः बस्ने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।
संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

मन्त्रिपरिषद्को मंगलबार बसेकाे बैठकले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।
यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

विराटनगरमा तास खेलिरहेको समूहलाई नियन्त्रणमा लिन प्रहरी पुगेपछि भएको भागाभागका क्रममा घाइते भएका एक जनाको हिरासतमै मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्।