नेभिगेशन
समाज

निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ ।

Ncell
Extreme Energy

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले अधिकार प्रयोग गरी आयोगले आचारसंहिताको मस्यौदा सल्लाह, सुझावका लागि जारी गरेको हो । आचारसंहितामा १० वटा परिच्छेद, पाँच वटा अनुसूची छन् । यो आचारसंहिता जारी भएसँगै निर्वाचन आचारसंहिता २०७९ खारेज गरिएको आयोगले जनाएको छ ।

जारी आचारसंहिता उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने, विद्युतीय माध्यम वा सूचना प्रविधिको उपयोग गर्न सकिने व्यवस्था गरिएको छ । आचारसंहितामा निर्वाचन घोषणापत्र सार्वजनिक गरिनुपर्ने व्यवस्थासमेत गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया (जेएन)लाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीर अस्प्ताल पुगेकी छन् । पूर्वराष्ट्रपति भण्डारी शुक्रबार थपलियालाई भेट्न पुगेकी हुन् ।
अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अन्तरजातीय प्रेम विवाह गरेको केही समयपछि रहस्यमय मृत्यु भएका काभ्रेका अजित मिजारको परिवारले १० वर्षपछि पनि न्याय नपाएको भन्दै नयाँ सरकारसँग न्यायको पहल गर्न आग्रह गरेको छ ।...
२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार कञ्चनपुर पुनर्वासका हेमराज जोशीले जितेका छन् ।
सरकारले गर्‍यो ३२ हजारभन्दा बढी गुनासो फर्छ्योट

सरकारले गर्‍यो ३२ हजारभन्दा बढी गुनासो फर्छ्योट

सरकारले शासकीय सुधारलाई प्राथमिकता दिँदै सय बुँदे कार्यसूची कार्यान्वयनलाई निरन्तरता दिएको जनाएको छ ।