नेभिगेशन
समाज

रवि र बालेनको वार्तास्थलमा सुदनको ताला, भन्छन्: 'दुईजना नमिलेसम्म चाबी खोल्दै खोल्दीन'

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच कुपण्डोलमा वार्ता चलिरहेको छ । 
भित्र वार्ता चलिरहँदा वार्तास्थलमा उपस्थित जेनजी अगुवा सुदन गुरुङले दुईनेताबीच सहमतिका लागि गेटमा ताला लगाएर दबाब दिएका छन् । 
गुरुङले दुई नेताहरूबीच सहमति नभएसम्मका लागि गेटमा ताला लगाइदिएको बताएका छन् । उनले रवि र बालेनलाई भित्र राखेर बाहिरबाट गेट बन्द गरिए उल्लेख गरेका छन् । 
एक भिडियो पोस्ट गर्दै गुरुङले भनेका छन्,‘हाम्रो दुईजना नेताहरू भित्र हुनुहुन्छ । जबसम्म उहाँहरू दुई जना मिल्नुहुन्नँ, तबसम्म यो गेट खोलिँदैन । हामीले यहाँ ताला लगाएर राखिदिएका छौं,’ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आफूहरू भने सुरक्षागार्डको रुपमा गेटमै बसेको दाबी गर्दै भन्छन, ‘हामी चाहीँ अब यहाँ गार्ड । थुनिदिएका छौं, मिले मात्रै आउँछन्, नत्र आउँदैनन् ।’ 
सहमती नहुँदासम्म चाबी लगाएरै बस्ने भन्दै उनले भन्छन् ‘हो, अब यत्तिकै हो । चाबी हामीसँग छ ।’

Ncell
Extreme Energy

यसअघि बुधबार भएको वार्तामा सामान्य कुराकानी भएपनि आजको वार्तामा भने वैकल्पिक शक्तिहरुलाई एक बनाएर अघि बढ्नेगरी निष्कर्ष निकाल्न दुबैलाई दबाब परेकोछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

विराटनगरमा तास खेलिरहेको समूहलाई नियन्त्रणमा लिन प्रहरी पुगेपछि भएको भागाभागका क्रममा घाइते भएका एक जनाको हिरासतमै मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्।
असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

असोज १७ गतेदेखि तीन दिनसम्म भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा फैलिएको खबर भ्रामक रहेको मौसम पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ।
अनुशासनविपरीत गतिविधि गर्ने नेता–कार्यकर्तामाथि अब कडा कारबाही हुन्छ–ओली

अनुशासनविपरीत गतिविधि गर्ने नेता–कार्यकर्तामाथि अब कडा कारबाही हुन्छ–ओली

पार्टी पुनर्गठनका नाममा अध्यक्ष हटाउने प्रयास भएको भन्दै ओलीले त्यसलाई ‘अपराधपूर्ण क्रियाकलाप’ को संज्ञा दिए। केन्द्रीय कमिटी बैठकअघिका गतिविधिलाई क्षमा गरिएको तर अब त्यस्तो नहुने उनले बताए।
बाढीले कानाबगरका ३१ घर बगायो (तस्बिरकथा)

बाढीले कानाबगरका ३१ घर बगायो (तस्बिरकथा)

गत आइतबार निसीखोलामा आएको बाढीले निसीखोला गाउँपालिका–४ कानाबगरका ३१ घर बगाएको छ।