नेभिगेशन
मुख्य समाचार

रवि र बालेनको वार्तास्थलमा सुदनको ताला, भन्छन्: 'दुईजना नमिलेसम्म चाबी खोल्दै खोल्दीन'

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच कुपण्डोलमा वार्ता चलिरहेको छ । 
भित्र वार्ता चलिरहँदा वार्तास्थलमा उपस्थित जेनजी अगुवा सुदन गुरुङले दुईनेताबीच सहमतिका लागि गेटमा ताला लगाएर दबाब दिएका छन् । 
गुरुङले दुई नेताहरूबीच सहमति नभएसम्मका लागि गेटमा ताला लगाइदिएको बताएका छन् । उनले रवि र बालेनलाई भित्र राखेर बाहिरबाट गेट बन्द गरिए उल्लेख गरेका छन् । 
एक भिडियो पोस्ट गर्दै गुरुङले भनेका छन्,‘हाम्रो दुईजना नेताहरू भित्र हुनुहुन्छ । जबसम्म उहाँहरू दुई जना मिल्नुहुन्नँ, तबसम्म यो गेट खोलिँदैन । हामीले यहाँ ताला लगाएर राखिदिएका छौं,’ ।

उनले आफूहरू भने सुरक्षागार्डको रुपमा गेटमै बसेको दाबी गर्दै भन्छन, ‘हामी चाहीँ अब यहाँ गार्ड । थुनिदिएका छौं, मिले मात्रै आउँछन्, नत्र आउँदैनन् ।’ 
सहमती नहुँदासम्म चाबी लगाएरै बस्ने भन्दै उनले भन्छन् ‘हो, अब यत्तिकै हो । चाबी हामीसँग छ ।’

CG

यसअघि बुधबार भएको वार्तामा सामान्य कुराकानी भएपनि आजको वार्तामा भने वैकल्पिक शक्तिहरुलाई एक बनाएर अघि बढ्नेगरी निष्कर्ष निकाल्न दुबैलाई दबाब परेकोछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बालेनसँगको भेटपछि रविले भने 'मेरो अनुहारले के भन्छ ?'

बालेनसँगको भेटपछि रविले भने 'मेरो अनुहारले के भन्छ ?'

बालेनका सल्लाहकार कुमार बेनको घरमा करिब ३ घण्टा वार्ता सकेर लामिछाने निस्किएका हुन् । वार्ता सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने ‘मेरो अनुहारले के भन्छ ?’
संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो, चुनावको सामना गर्न पनि एमाले तयार छःअध्यक्ष ओली

संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो, चुनावको सामना गर्न पनि एमाले तयार छःअध्यक्ष ओली

जाँचबुझ आयोगले बयान लिन बोलाउने तयारी गरेको भन्ने सन्दर्भमा उनले भने , “स्थलमा खटिएका प्रहरी र कमाण्डरले त्यहाँको परिस्थिति अनुसार सरकारी सम्पतिको सुरक्षा र आत्मरक्षा गर्ने दायित्व उसैको...
त्रिविको ५१औँ दीक्षान्त समारोह आज

त्रिविको ५१औँ दीक्षान्त समारोह आज

समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति...