नेभिगेशन
समाज

संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो, चुनावको सामना गर्न पनि एमाले तयार छःअध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरु प्रतिनिधिसभाको पुनःस्थापनाको पक्षमा रहे पनि शान्तिपूर्ण वातावरणमा चुनाव हुने भने त्यसको सामना गर्न र जनताका गएर बहुमत ल्याउन एमाले तयार रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेकपा (एमाले)को हालै सम्पन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवकहरुलाई सम्मान र प्रमाणपत्र वितरण गन आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले आफूहरु चुनावविरोधी नरहे पनि मुलुकमा त्रास र असुरक्षाका बीच निर्वाचनको वातावरण नहुने बताएका हुन् । “अहिले चुनावको वातावरण बनेको छैन र बन्ने सम्भावना देखिँदैन । वातावरण बनाउने सरकारले हो । हामीले वातावरण बिगारेका छैनौँ । वातावरण बन्छ भने हामी जस्तो सुकै परिस्थितिको सामना गर्न तयार छौँ । हामीले मान्छे काट्छौँ, मार्छौ भनेका छैनौँ । त्यत्रो असुरक्षा हुँदा पनि हाम्रो सुरक्षा खोसिएको छ ।

Ncell
Extreme Energy

कहिले  जेनजीका नाममा मान्छे उचाले हमलाको प्रयास गरिएको छ ।’’, अध्यक्ष ओलीले भने, “देशलाई पछाडि फर्काउने पक्षहरुबाट सचेत भएर युवाहरु लाग्नुपर्छ । राष्ट्रिय एकतालाई कायम गर्दै लोकतन्त्र र संविधानको रक्षा गर्नु हाम्रो काम हो । यी अभिभाराहरु हाम्रो काँधमा रहेका छन् । युवाहरु गलत सङ्गत सोच तथा व्यक्तिगत स्वार्थीका पछाडि लाग्नुहुन्न ।’’

राष्ट्रपति रामचन्द्र पौडेलबाट हालै बोलाइएको बैठकमा सहभागी भएको र त्यहाँ आफूले आफूहरु चुनावको विरोधमा नरहे पनि प्रतिगमनविरोधी कुरा मान्य नहुने स्पष्ट गरेको बताउँदै उहाँले प्रतिनिधिसभाको पुनःस्थापना छिटो हुनुपर्ने र फागुन २१ मा चुनाव गर्ने हो भने त्यसको वातावरण बनाउनुपर्छ भन्नेमा जोड दिए ।

उनले  गत भदौ २३ र २४ गतेको घटनामा स्थलमा खटिएका सुरक्षाकर्मीले परिस्थितिलाई विचार गरेर सरकारी सम्पतिको सुरक्षा र आत्मरक्षाका लागि निर्णय गर्ने अधिकार पाएको हुनाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानका लागि बोलाउन खोजिनु कानुन सम्मत नभएको दाबी गरे ।

जाँचबुझ आयोगले बयान लिन बोलाउने तयारी गरेको भन्ने सन्दर्भमा उनले भने , “स्थलमा खटिएका प्रहरी र कमाण्डरले त्यहाँको परिस्थिति अनुसार सरकारी सम्पतिको सुरक्षा र आत्मरक्षा गर्ने दायित्व उसैको भएकाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयान लिने प्रयास कानुन विपरीत छ ।’’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

विराटनगरमा तास खेलिरहेको समूहलाई नियन्त्रणमा लिन प्रहरी पुगेपछि भएको भागाभागका क्रममा घाइते भएका एक जनाको हिरासतमै मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्।
असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

असोज १७ गतेदेखि तीन दिनसम्म भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा फैलिएको खबर भ्रामक रहेको मौसम पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ।
अनुशासनविपरीत गतिविधि गर्ने नेता–कार्यकर्तामाथि अब कडा कारबाही हुन्छ–ओली

अनुशासनविपरीत गतिविधि गर्ने नेता–कार्यकर्तामाथि अब कडा कारबाही हुन्छ–ओली

पार्टी पुनर्गठनका नाममा अध्यक्ष हटाउने प्रयास भएको भन्दै ओलीले त्यसलाई ‘अपराधपूर्ण क्रियाकलाप’ को संज्ञा दिए। केन्द्रीय कमिटी बैठकअघिका गतिविधिलाई क्षमा गरिएको तर अब त्यस्तो नहुने उनले बताए।
बाढीले कानाबगरका ३१ घर बगायो (तस्बिरकथा)

बाढीले कानाबगरका ३१ घर बगायो (तस्बिरकथा)

गत आइतबार निसीखोलामा आएको बाढीले निसीखोला गाउँपालिका–४ कानाबगरका ३१ घर बगाएको छ।