नेभिगेशन
समाज

रास्वपाको समानुपातिक उम्मेदवार निर्वाचनमा युवा नेता मिलन लिम्बु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवार छनोटका लागि सुरु गरेको प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन)मा पूर्वपत्रकार तथा रास्वपाका युवा नेता मिलन लिम्बू सहभागी भएका छन् ।

लिम्बूले पार्टीका सदस्य र समर्थकहरूलाई सम्बोधन गर्दै प्राइमरी निर्वाचन केवल व्यक्ति चयनको प्रक्रिया नभई पार्टीको भविष्य, विचार र यात्रालाई अघि बढाउने सहयात्री छनोट गर्ने महत्वपूर्ण अभ्यास भएको बताएका छन् । उनले पत्रकारितादेखि सार्वजनिक जीवनसम्म सत्य बोल्ने, जनताको पक्षमा उभिने र सत्ता भन्दा जिम्मेवारी खोज्ने अभ्यास गर्दै आएको उल्लेख गरेका छन् ।

CG

“आज म यही अनुभव, इमानदारी र प्रतिबद्धता बोकेर पार्टीभित्र तपाईंहरूको विश्वास माग्दैछु,” लिम्बूले सन्देशमा भनेका छन् ।

इलामको उपनिर्वाचनमा पार्टी र समर्थकबाट पाएको माया स्मरण गर्दै उनले उक्त निर्वाचनमा मिलन लिम्बूलाई संसद पुर्‍याउने साझा चाहना अधुरो रहे पनि त्यसलाई पूरा गर्ने अर्को अवसर आएको बताएका छन् ।

लिम्बूले संसदमा रास्वपाको आवाज स्पष्ट र जिम्मेवार हुनुपर्ने, सबै जाति, वर्ग, लिङ्ग, क्षेत्र तथा आम पार्टी सदस्य र शुभेच्छुकहरूको भावना सही रूपमा प्रतिनिधित्व हुनुपर्ने र पार्टीभित्र योगदान तथा विचारको कदर हुनुपर्ने आफ्नो चाहना स्पष्ट पारेका छन् ।

समानुपातिक उम्मेदवार छनोटका लागि भइरहेको प्राइमरी निर्वाचनमा आफूलाई मत दिन आग्रह गर्दै उनले एक मतले व्यक्तिभन्दा पनि पार्टीभित्र लोकतान्त्रिक अभ्यास, पारदर्शिता र विश्वासको संस्कारलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

“पार्टीभित्रबाटै राम्रो प्रतिनिधि छान्ने अभ्यासलाई सफल बनाऔं,” भन्दै लिम्बूले विश्वास र समर्थनको अपेक्षा गरेका छन् ।

रास्वपाले समानुपातिक उम्मेदवार छनोटमा प्राइमरी निर्वाचनमार्फत आन्तरिक लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्ने प्रयास गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने

कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “वर्तमान विकसित राजनीतिक अवस्था, आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई मध्यनजर गरी पार्टीलाई सुसङ्गठित बनाउँदै बृहत् एकता कायम गर्दै...
रवि-बालेन सहमतिमा दरारः भइसकेको सहमति तोडेर एकाएक बालेन पक्षले माग्यो पार्टीदेखि निर्वाचनमै प्रतिशतमा हिस्सा

रवि-बालेन सहमतिमा दरारः भइसकेको सहमति तोडेर एकाएक बालेन पक्षले माग्यो पार्टीदेखि निर्वाचनमै प्रतिशतमा हिस्सा

छलफलमा सहभागी रास्वपा नेताकाअनुसार बालेन र जेनजीका राम्रा मान्छेलाई बालेनकै सिफारिसमा पार्टी र निर्वाचन प्रक्रियामा सहभागी गराउन रास्वपा तयार थियो । तर, प्रतिशतमा जस्तो पनि मान्छे पार्टी र...
जसरी पनि निर्वाचन सफल पार्न देउवा, ओली र प्रचण्डलाई प्रधानमन्त्री कार्कीको आग्रह

जसरी पनि निर्वाचन सफल पार्न देउवा, ओली र प्रचण्डलाई प्रधानमन्त्री कार्कीको आग्रह

‘मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने यो निर्वाचन जसरी पनि सफल पारौँ। सबै यसमा सहभागी हुनुपर्छ। तपाईँहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने नै मैले देखेकी छु।...
रविबारेका भ्रामक सूचना चिर्ने र प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान चलाउने प्रमोद न्यौपाने समानुपातिक उम्मेदवार आकांक्षी

रविबारेका भ्रामक सूचना चिर्ने र प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान चलाउने प्रमोद न्यौपाने समानुपातिक उम्मेदवार आकांक्षी

रविबारे बाहिर बिभिन्न कोणबाट समाचारको बाढी आईरहँदा साँझपख टक्क उभिएर फेसबुक लाइभमार्फत जस्ताको तस्तै सूचना दिने गर्थे प्रमोद न्यौपाने । रविको बारेमा आउने विविध एंगलको समाचारले कन्फ्युज हुने...