नेभिगेशन
सबै कुरा

बिहिबार राति बरामद गरिएको १४ किलो सुनबारे अध्धयन गर्न समिति गठन

काठमाडौं । बिहीबार राति त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलमा बरामद गरेको  १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ । 

भन्सार अधिकृत मणिराम पौडेलको संयोजक रहेको समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा सदस्य छन् । 

बिहीबार राति ११ः४० बजे फ्लाई दुबईको एफ जेड ५७३ अवतरण गरेको विमानमार्फत दुबईबाट आएका नेपालीबाट सुन बरामद भएको थियो । हातमा एउटा ब्याग समाएर आएका ति व्यक्तिलाई चेक गर्दा उनको साथबाट १४ किलो बराबरका ७ वटा सुनका बिस्कुट फेला परेको थियो । यसरी सुन बोकेर आएका व्यक्ति थिए गोरखा आरुघाटका चन्द्र घले रहेका छन् । घलेले ज्याकेट भित्र खल्ती हालिएको पातलो इस्टकोटमा सुन राखेका थिए । साथै जुत्तामा पनि सुन राखेका थिए ।

आफू पक्राउ परेपछि घलेले सुनका मालिक मीनबहादुर घले रहेको बयान दिएका छन् । प्रहरीले मिनबहादुरलाई पनि पक्राउ गरेको जनाएको छ । घले पनि गोरखाकै हुन् ।

पक्राउ परेका घलेलाई निकासी पैठारी नियन्त्रण ऐन, २०१३ र भन्सार ऐन, २०६४ अन्तर्गत भन्सार महसुल छली तथा चोरी पैठारी कसुर गरेकाले थप अनुसन्धानका लागि कार्यालय खुलेसँगै त्रिभुवन विमानस्थल कार्यालय गौचरनमा बुझाउने गरी प्रहरीको जिम्मा लगाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...
जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो । प्रमुख कार्यकारी अधिकृत श्री खत्रीले उक्त अवसरमा कम्पनीले विगतमा शिक्षा, स्वास्थ्य, दैबी प्रकोप ब्यवस्थापन एवं...
आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव

आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जेनजी समूहबीच बिहीबार यहाँ भएको राजनीतिक संवादमा पार्टीका संस्थापक अध्यक्षसमेत रहेका डा भट्टराईले जेनजी आन्दोलन नयाँ पुस्ताको समग्र आवाज रहेको बताउँदै यसलाई...
सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले

सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले

दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई बिहीबार विभिन्न सामग्री हस्तान्तरण गर्दै वाग्लेले भने, “गत उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १बाट निर्वाचित भएपछि जनताको मसँग धेरै अपेक्षा थियो, सांसदको मूल...

भर्खरै