नेभिगेशन
बजार

सुनको मूल्य एकैदिन ४ हजार ८०० रुपैयाँले घट्यो

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले घटेर ३ लाख १ हजार रुपैयाँ कायम भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ४०० रुपैयाँले बढेर ३ लाख ५ हजार ८०० रुपैयाँ पुगेको थियो । त्यसअघि बुधबार ३ हजार रुपैयाँले घटेर ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार ३ हजार ५०० रुपैयाँले बढेको थियो ।

Marvel
Extreme Energy

यसैगरी सोमबार सुनको मूल्य प्रतितोला ३ हजार ४०० रुपैयाँले घटेर ३ लाख १ हजार ९०० रुपैयाँमा झरेको थियो भने आइतबार ३ हजार १०० रुपैयाँले घटेर ३ लाख ४ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला २५५ रुपैयाँले घटेको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १०५ रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँ पुगेको थियो । बुधबार ४० रुपैयाँले घटेर ४ हजार ७५० रुपैयाँ, मंगलबार १०० रुपैयाँले बढेर ४ हजार ७९० रुपैयाँ तथा सोमबार ३५ रुपैयाँले घटेर ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर ४ हजार ७२५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
अमेरिकाले चुन्यो पहिलो मुस्लिम सिनेटर, ओबामाको समर्थन पाएका अब्दुल अल-सयदले बनाए इतिहास

अमेरिकाले चुन्यो पहिलो मुस्लिम सिनेटर, ओबामाको समर्थन पाएका अब्दुल अल-सयदले बनाए इतिहास

डेमोक्रेट उम्मेदवार अब्दुल अल-सयदले मिसिगनको अमेरिकी सिनेट दौडमा ऐतिहासिक जित दर्ता गराउँदै सिनेट (अमेरिकी संसदको माथिल्लो सदन) मा निर्वाचित हुने पहिलो मुस्लिम बनेका छन् ।
अमेरिकी मिडटर्म चुनावमा ठूलो हारपछि ट्रम्पले के भने ?

अमेरिकी मिडटर्म चुनावमा ठूलो हारपछि ट्रम्पले के भने ?

अमेरिकी मध्यकालीन चुनावमा सत्तारुढ रिपब्लिकन पार्टी नराम्रोसँग पराजित भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन् ।
अमेरिकामा ट्रम्पको रिपब्लिकन पार्टी मिडटर्म चुनाव हार्नुका पाँच कारण

अमेरिकामा ट्रम्पको रिपब्लिकन पार्टी मिडटर्म चुनाव हार्नुका पाँच कारण

अमेरिकी मध्यकालीन (मिडटर्म) निर्वाचनमा डेमोक्रेट्सले ऐतिहासिक जित हासिल गरेका छन्। उनीहरूले अमेरिकी कंग्रेस (व्यवस्थापिका) मा स्पष्ट बहुमत हात पारेका छन्।
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।