नेभिगेशन
समाज

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ उपत्यकाको पूर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्न गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा तर्पण, आमान्न तथा पिण्डदान गर्नेको भीड लागेको हो ।

Ncell
Extreme Energy

वर्षभरिका धार्मिक कृत्यमा आवश्यक पर्ने कुश यस दिन घरमा भित्र्याउने परम्परा रहेकाले भाद्र कृष्ण औँसीलाई कुशेऔँसी भनिन्छ । धार्मिक मान्यताअनुसार यस दिन गोकर्णेश्वरमा श्राद्ध तथा तर्पण गरे २१ पुस्तासम्मका पितृले मुक्ति पाउने विश्वास छ ।

गोकर्णेश्वर मन्दिरका पुजारी जगदीश भट्टका अनुसार सत्ययुगमा ब्रह्माले स्थापना गरेको विश्वास रहेको यस तीर्थमा श्राद्ध तथा तर्पण गर्दा पितृले मुक्ति पाउने कुरा धर्मशास्त्रमा उल्लेख छ । कुशलाई भगवान् विष्णुको स्वरूपसमेत मानिन्छ ।

बौद्ध धर्मगुरु ऐतमान लामाका अनुसार बौद्ध धर्मावलम्बीमा पनि बाबुको निधन भएको एक वर्षभित्र गोकर्णेश्वर पुगेर श्राद्ध तथा पूजाआजा गर्ने र त्यसपछि भोज खाने परम्परा छ । यस दिन गोकर्णेश्वर महादेवको दर्शन गरे दिवङ्गत बाबुको प्रतीकात्मक दर्शन गरेको मानिने उनले बताए ।

भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वरमा मेला लाग्ने भएकाले यसलाई गोकर्णे औँसी पनि भनिन्छ । धार्मिक मान्यताअनुसार पशुपतिनाथमा श्री यन्त्र र गोकर्णेश्वरमा बाल यन्त्र रहेकाले पशुपतिनाथको दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्ने विश्वास छ ।

Father’s-day-Gokarneshor-Nepal-photo-library-10-1789104610.jpg

Father’s-day-Gokarneshor-Nepal-photo-library-19-1789104615.jpg

Father’s-day-Gokarneshor-Nepal-photo-library-18-1789104615.jpg

Father’s-day-Gokarneshor-Nepal-photo-library-17-1789104614.JPG

Father’s-day-Gokarneshor-Nepal-photo-library-16-1789104614.jpg

Father’s-day-Gokarneshor-Nepal-photo-library-15-1789104613.jpg

Father’s-day-Gokarneshor-Nepal-photo-library-13-1789104612.jpg

Father’s-day-Gokarneshor-Nepal-photo-library-14-1789104612.JPG

Father’s-day-Gokarneshor-Nepal-photo-library-12-1789104611.jpg

Father’s-day-Gokarneshor-Nepal-photo-library-11-1789104610.jpg

Father’s-day-Gokarneshor-Nepal-photo-library-07-1789104609.jpg

Father’s-day-Gokarneshor-Nepal-photo-library-06-1789104607.jpg

Father’s-day-Gokarneshor-Nepal-photo-library-05-1789104607.jpg

Father’s-day-Gokarneshor-Nepal-photo-library-03-1789104605.jpg

Father’s-day-Gokarneshor-Nepal-photo-library-04-1789104606.JPG

Father’s-day-Gokarneshor-Nepal-photo-library-02-1789104604.jpg

Father’s-day-Gokarneshor-Nepal-photo-library-01-1789104604.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनको मूल्य एकैदिन ४ हजार ८०० रुपैयाँले घट्यो

सुनको मूल्य एकैदिन ४ हजार ८०० रुपैयाँले घट्यो

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले घटेर ३ लाख १ हजार...
गाडीमा आगलागी हुँदा चालकको मृत्यु

गाडीमा आगलागी हुँदा चालकको मृत्यु

भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कार (इभी)मा आगलागी हुँदा चालकको मृत्यु भएको छ ।
धादिङको गजुरी जरेखेतमा दुई सवारी ठोक्किँदा ५ जना घाइते

धादिङको गजुरी जरेखेतमा दुई सवारी ठोक्किँदा ५ जना घाइते

धादिङको गजुरी गाउँपालिका–६ जरेखेतस्थित पृथ्वीराजमार्गमा दुई सवारीसाधन आपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् ।