नेभिगेशन
मुख्य समाचार

नेपाल चिकित्सक संघद्वारा अनसरत डा.निकोलसको जीवन रक्षा गर्न सरकारसँग माग

काठमाडौँ । नेपाल चिकित्सक संघले आमरण अनसरत डा कमल भुसाल (निकोलस भुसाल) को जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।

सोमबार संघले विज्ञप्ती जारी गर्दै माइतीघर मण्डलामा अनसनरत डा भुसालको स्वास्थ्य अवस्था बिग्रदै गएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै जीवन रक्षाका लागि आवश्यक कदम चाल्न सरकारसँग माग गरेको हो ।

CG

बिगत सात दिनदेखि आमरण अनसनमा रहेका भुसाललाई रिंगटा लाग्ने, शरीर सुन्निने लगायत स्वास्थ्य समस्या देखा परेको संघले जनाएको छ । भुसालको अवस्थाप्रति सरकारले गरेको बेवास्ताका कारण उनको स्वास्थ्यमा थप जटिलताहरु देखा पर्दै गएको संघले उल्लेख गरेको छ ।

हरेक नेपालीको स्वस्थ रुपमा बाँच्न पाउने मौलिक अधिकार भएकोले डा भुसालको जीवन रक्षाका लागि अविलम्ब आवश्यक कदम चाल्न जोडदार माग गरिएको विज्ञप्तीमा उल्लेख छ ।

जेन–जी आन्दोलनका क्रममा भएका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने, जेन–जी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने लगाएतका माग राख्दै डा भुसाल अनसनमा बसेका हुन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण

उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण

देशको आणविक प्रतिरोध क्षमताको परीक्षणका रूपमा गरिएको यो प्रक्षेपण उत्तर कोरियाले पहिलो आणविक–सञ्चालित पनडुब्बी निर्माणमा प्रगति देखाएको केही दिनपछि सार्वजनिक भएको हो ।
जेनजी आन्दोलनका क्रममा आफुले गोली चलाउने कुनै आदेश दिएको थिएनः रमेश लेखक

जेनजी आन्दोलनका क्रममा आफुले गोली चलाउने कुनै आदेश दिएको थिएनः रमेश लेखक

लेखकले जेनजी आन्दोलनको अघिल्लो दिन गृहमन्त्रीको हैसियतले क्याजल्टी र कुनै व्यक्तिको मृत्यु हुने अवस्था आउन नदिन सुरक्षा निकायलाई निर्देशन दिएको दावी गरे ।
रास्वपा समानुपातिक उम्मेदवारकाे आन्तरिक मतदानको नतिजा सार्वजनिक,कसको मत कति ?

रास्वपा समानुपातिक उम्मेदवारकाे आन्तरिक मतदानको नतिजा सार्वजनिक,कसको मत कति ?

रास्वपाका केन्द्रमा चर्चामा रहेका प्राय पदाधिकारी र केन्द्रीय सदस्यले उम्मेदवारी दिएको क्लस्टर हो खस आर्य क्लस्टर । यो क्लस्टरमा रास्वपाका केन्द्रीय सहप्रवक्तासमेत रहेका रमेश प्रसाईँले १८ हजार २...
दुई महिनामा मानसिक स्वास्थ्य र स्वास्थ्य बिमा सुधारमा उल्लेख प्रगति भएको छः स्वास्थ्यमन्त्री

दुई महिनामा मानसिक स्वास्थ्य र स्वास्थ्य बिमा सुधारमा उल्लेख प्रगति भएको छः स्वास्थ्यमन्त्री

स्वास्थ्य मन्त्रालयबाट दुई महिनामा भएका उपलब्धिहरू सोमबार सार्वजनिक गर्दै उनले सुशासन, संस्थागत सुदृढीकरण र सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिँदै अघि बढाइएका रणनीतिक कदमहरूले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन सकारात्मक...