नेभिगेशन
समाज

रास्वपा समानुपातिक उम्मेदवारकाे आन्तरिक मतदानको नतिजा सार्वजनिक,कसको मत कति ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ गरेको प्र्रारम्भिक निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । देश विदेशमा रहेका पार्टीका सदस्यहरुले मतदान गर्न मिल्नेगरि पार्टीको एप्लिकेशनमार्फत ३ दिनसम्म गरिएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाउनुपर्ने ११० जनाको नाम छनोट गर्नका लागि गरिएको निर्वाचनमा सबैभन्दा धेरै मत रमेश प्रसाईँले पाएका छन् । उनले खस आर्य क्लस्टरमा १८,२२३ मत प्राप्त गरेका हुन्। 

Ncell
Extreme Energy

त्यस्तै सबैभन्दा धेरै मत पाउनेको दोस्रो नम्बरमा छन् प्रेमलाल चौधरी । थारु क्लस्टरमा उम्मेदवारी दिएका चौधरीले १७ हजार ४ सय २५ मत प्राप्त गरेका छन् । त्यस्तैगरि आदिवासी जनजाति क्लस्टरका उत्तम बहादुर गुरुङले तेस्रो धेरै मत प्राप्त गरेका छन् । उनले १६ हजार १२ मत प्राप्त गरेका हुन् ।

त्यस्तैगरि मुस्लिम क्लस्टरकी समिना मियाले १५ हजार ९ सय ६७ मत प्राप्त गरेर चौथो धेरै मत पाउनेको सूचीमा परेकी छिन् भने मधेशी क्लस्टरकी पुनम कुमारी अग्रवालले १५ हजार ७ सय ४५ मत ल्याएर पाँचौ धेरै मत पाउनेको सूचीमा परेकी छिन् । यी त भए सबैभन्दा धेरै मत ल्याउने ५ जनाको सूची । 

कुन क्लस्टरबाट कसले कति मत पाए ?

आदिवाशी जनजातितर्फ सबैभन्दा धेरै उत्तम बहादुर गुरुङले १६ हजार १२ मत ल्याएका छन् भने सत्य कला राईले १४ हजार २ सय १ मत प्राप्त गरेकी छिन् । त्यस्तै अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चा भएपनि पछि रोकिएकी तासि ल्हाजोमले १३ हजार ७२ मत प्राप्त गरेकी छिन् । 

त्यस्तै दलित क्लस्टरमा रास्वपाका केन्द्रीय सदस्यसमेत रहेका विजय जैरुले सर्वाधिक १३ हजार १ सय ४३ मत प्राप्त गरेका छन् भने सोही क्लस्टरमा अमृता विकले १३ हजार ७३ मत र सबिना विश्वकर्माले १२ हजार ८५६ मत प्राप्त गरेकी छिन् । 

रास्वपाका केन्द्रमा चर्चामा रहेका प्राय पदाधिकारी र केन्द्रीय सदस्यले उम्मेदवारी दिएको क्लस्टर हो खस आर्य क्लस्टर । यो क्लस्टरमा रास्वपाका केन्द्रीय सहप्रवक्तासमेत रहेका रमेश प्रसाईँले १८ हजार २ सय २३ मत प्राप्त गरेका छन् । प्रसाईँले प्राप्त गरेको यो मत प्रारम्भिक निर्वाचनको सबैधन्दा बढी मत हो ।

त्यसैगरि रवि लामिछानेका प्रेस संयोजकसमेत रहेका प्रमोद न्यौपानेले १४ हजार १ सय ६७ मत प्राप्त गरेका छन् भने केही समयअघि विवेकशील साझालाई रास्वपासँग एकता गराएर पार्टीमा प्रवेश गरेकी रन्जु दर्शनाले समेत १३ हजार ५ सय ५१ मत प्राप्त गरेकी छिन् ।

त्यसैगरि खस आर्यतर्फ नै पार्टीकी केन्द्रीय सदस्य रहेकी ज्वाला संग्रौलाले १३ हजार १ सय ६ मत पार्टीकी केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारीले १२ हजार ७ सय ६० मत, समिक्षा बास्कोटाले १२ हजार ४ सय ६० मत, पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले १२ हजार २ सय ४५ मत, क्रान्तिशिखा धितालले ११ हजार ७ सय ८१ मत र पार्टी सहप्रवक्ता प्रतिभा रावलले ११ हजार ७ सय २१ मत प्राप्त गरेकी छिन् । 

त्यसैगरि मधेशी क्लस्टरमा सबैभन्दा बढी पुनम कुमारी अग्रवालले १५ हजार ७ सय ४५ मत प्राप्त गरेकी छिन् भने डा. अंकिता ठाकुरले १२ हजार ३ सय २२ मत र ममता शर्माले ११ हजार ६ सय ३० मत प्राप्त गरेकी छिन् । 

त्यसैगरि मुस्लिम क्लस्टरमा  समिना मियाले १५ हजार ९ सय ६७ मत, अख्तर हुसेनले १५ हजार १ सय ५७ मत र मोहम्मद अस्रत अलिले १४ हजार ४ सय ६३ मत प्राप्त गरेका छन् । 

त्यसैगरि थारु क्लस्टरमा सबैभन्दा बढी प्रेमलाल चौधरीले १७ हजार ४ सय २५ मत, चुमन चौधरीले १३ हजार ६ सय १३ मत र पुष्षा चौधरीले १३ हजार ५ सय ३५ मत प्राप्त गरेकी छिन् । 

यी त भए ६ क्लस्टरमा सबैभन्दा धेरै मत ल्याउने शिर्ष ३ को नाम र उनीहरुले प्राप्त गरेको मत परिणाम । रास्वपाले समानुपातिकतर्फको सूची तयार गर्न विभिन्न चरणमा उम्मेदवारहरुको परिक्षा लिएको छ ।

अन्य राजनीतिक दलले आफ्ना गोजीका मान्छेलाई सूचीमा हालेर बुझाउँदै गर्दा रास्वपाले नेपालको इतिहासमा पहिलोपटक प्रारम्भिक निर्वाचन गर्ने र छनोट भएका उम्मेदवारलाई सांसद बनाउने थिति बसालेको छ ।

११० जनाको सूची तयार गर्न पार्टीले लिडरसिप एकेडेमि, पोलिटिकल प्रोक्सिमिटि, प्रारम्भिक निर्वाचन लगायतको चरण पार गरेको छ । त्यही पार गरेर छनोट भएको सूची पार्टीले निर्वाचन आयोगमा बुझाउने छ । पार्टीले पेश गरेको सूचीमा ककसको नाम पर्ला त ? त्यो भने हेर्न बाँकी नै छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।