नेभिगेशन
मुख्य समाचार

जेनजी आन्दोलनका क्रममा आफुले गोली चलाउने कुनै आदेश दिएको थिएनः रमेश लेखक

काठमाडौँ । निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा आफुले गोली चलाउने कुनै आदेश नदिएको बताएका छन् ।

सोमबार भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा बयान दिएपछि कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनका क्रममा गोली चलाउन आफु कुनै लिखित वा मौखिक आदेश नदिएको बताएका हुन ।

CG

उनले आन्दोलनलाई दमन गर्न गृहमन्त्रीले गोली चलाउन आदेश दिनुपर्ने कानुनी व्यवस्था समेत नरहेको धारणा व्यक्त गरे । भाद्र २३ गते भएको घटनाका कारण मर्माहित भएर पदीय मर्यादाको नैतिकताका आधारमा आफुले पदबाट राजीनामा दिएको उनको भनाइ छ ।

लेखकले जेनजी आन्दोलनको अघिल्लो दिन गृहमन्त्रीको हैसियतले क्याजल्टी र कुनै व्यक्तिको मृत्यु हुने अवस्था आउन नदिन सुरक्षा निकायलाई निर्देशन दिएको दावी गरे ।

उनले भाद्र २४ गतेको घटनामा घुसपैठ भए हिंसात्मक घटना भएको बताए । लेखकले जाँचबुझ आयोगमा मौखिक प्रश्नको जवाफका साथै लिखित बयान बुझाएको जानकारी दिए ।

लिखित बयानमा लेखकले मुलुक र लोकतन्त्रका लागि जीवन पर्यन्त राजनीतिमा होमिएका पार्टी, नेता र कार्यकर्तालाई लाञ्छित गर्ने, उनीहरुमाथि भौतिक आक्रमण गर्ने र सम्पत्ति नष्ट गर्ने काम क्षमायोग्य नभएको उल्लेख गरेका छन् । यस विषयमा पनि आयोगले उचित छानवीन गरी सत्य, तथ्य पत्ता लगाउने उनले बताए ।

लेखकले स्थानहद र राहदानी रोक्का गरेको बिषयमा लिखित वा मौखिक जानकारी नदिएको भन्दै बिना कारण, बिना जानकारी यस प्रकारका निर्णय वा कार्य गरिनु संविधान एवं कानुनी व्यवस्था विपरीत भएको बताए ।

भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानविन गर्न सरकारले असोज ५ गते जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले जेनजी घटनाका सम्बन्धमा सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचन आयोगसमक्ष दलहरुले बुझाए समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची

निर्वाचन आयोगसमक्ष दलहरुले बुझाए समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची

निर्वाचन आयोगले तोकेअनुसार कांग्रेस, एमाले, नेकपा लगाएत पुराना दलका साथै नयाँ दलहरुले आफ्नो दलको समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरेका हुन् ।
सरकारको एकीकृत वित्तीय विवरण पेस

सरकारको एकीकृत वित्तीय विवरण पेस

सोमबार उक्त प्रतिवेदन महालेखानियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र महालेखापरीक्षक तोयम रायासमक्ष छुट्टाछुट्टै पेस गरेका हुन ।
राष्ट्रिय सभा अध्यक्ष दाहाल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

राष्ट्रिय सभा अध्यक्ष दाहाल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

भेटका क्रममा आसन्न प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्यको निर्वाचन, राष्ट्रिय सभाका गतिविधिलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण

उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण

देशको आणविक प्रतिरोध क्षमताको परीक्षणका रूपमा गरिएको यो प्रक्षेपण उत्तर कोरियाले पहिलो आणविक–सञ्चालित पनडुब्बी निर्माणमा प्रगति देखाएको केही दिनपछि सार्वजनिक भएको हो ।