नेभिगेशन
समाज

जेनजी आन्दोलनका क्रममा आफुले गोली चलाउने कुनै आदेश दिएको थिएनः रमेश लेखक

काठमाडौँ । निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा आफुले गोली चलाउने कुनै आदेश नदिएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा बयान दिएपछि कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनका क्रममा गोली चलाउन आफु कुनै लिखित वा मौखिक आदेश नदिएको बताएका हुन ।

Ncell
Extreme Energy

उनले आन्दोलनलाई दमन गर्न गृहमन्त्रीले गोली चलाउन आदेश दिनुपर्ने कानुनी व्यवस्था समेत नरहेको धारणा व्यक्त गरे । भाद्र २३ गते भएको घटनाका कारण मर्माहित भएर पदीय मर्यादाको नैतिकताका आधारमा आफुले पदबाट राजीनामा दिएको उनको भनाइ छ ।

लेखकले जेनजी आन्दोलनको अघिल्लो दिन गृहमन्त्रीको हैसियतले क्याजल्टी र कुनै व्यक्तिको मृत्यु हुने अवस्था आउन नदिन सुरक्षा निकायलाई निर्देशन दिएको दावी गरे ।

उनले भाद्र २४ गतेको घटनामा घुसपैठ भए हिंसात्मक घटना भएको बताए । लेखकले जाँचबुझ आयोगमा मौखिक प्रश्नको जवाफका साथै लिखित बयान बुझाएको जानकारी दिए ।

लिखित बयानमा लेखकले मुलुक र लोकतन्त्रका लागि जीवन पर्यन्त राजनीतिमा होमिएका पार्टी, नेता र कार्यकर्तालाई लाञ्छित गर्ने, उनीहरुमाथि भौतिक आक्रमण गर्ने र सम्पत्ति नष्ट गर्ने काम क्षमायोग्य नभएको उल्लेख गरेका छन् । यस विषयमा पनि आयोगले उचित छानवीन गरी सत्य, तथ्य पत्ता लगाउने उनले बताए ।

लेखकले स्थानहद र राहदानी रोक्का गरेको बिषयमा लिखित वा मौखिक जानकारी नदिएको भन्दै बिना कारण, बिना जानकारी यस प्रकारका निर्णय वा कार्य गरिनु संविधान एवं कानुनी व्यवस्था विपरीत भएको बताए ।

भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानविन गर्न सरकारले असोज ५ गते जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले जेनजी घटनाका सम्बन्धमा सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने

बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार ती दिनमा वर्षा र हिमपातको सम्भावना रहेकाले सम्भावित विपद् र न्यूनीकरणका लागि जिल्ला...
मुग्लिङ–पोखरा सडकखण्डका विभिन्न स्थानमा पहिरो, यातायात प्रभावित

मुग्लिङ–पोखरा सडकखण्डका विभिन्न स्थानमा पहिरो, यातायात प्रभावित

मुग्लिङ–पोखरा सडकखण्डका विभिन्न स्थानमा पहिरो झरेपछि कतिपय ठाउँमा एकतर्फी मार्गलाई नै दुईतर्फी बनाएर सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।
एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एसियाली विकास बैंक (एडीबी)का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोशवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग भेट गरेका छन् ।