नेभिगेशन
मुख्य समाचार

सरकारको एकीकृत वित्तीय विवरण पेस

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले गत आर्थिक वर्ष २०८१ र ८२ को सङ्घ, प्रदेश र स्थानीय सरकारको एकीकृत वित्तीय विवरण पेस गरेको छ ।

सोमबार उक्त प्रतिवेदन महालेखानियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र महालेखापरीक्षक तोयम रायासमक्ष छुट्टाछुट्टै पेस गरेका हुन ।

CG

सङ्घीय सञ्चित कोषको सञ्चालन र तीन वटै तहका सरकारको एकीकृत वित्तीय विवरण र प्रतिवेदन तयार पारी पेस गर्ने जिम्मेवारी महालेखानियन्त्रक कार्यालयले गर्दै आएको छ ।

“आर्थिक वर्ष २०८१ र ८२ मा सङ्घ, प्रदेश र स्थानीय सरकारको सञ्चित कोषमा रु एक खर्ब आठ अर्ब ९९ करोड छ लाखले ऋणात्मक रहेता पनि नगद अवस्था भने रु एक खर्ब चार अर्ब १३ करोड ८४ लाखले धनात्मक रहेको छ”, कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “सङ्घ, प्रदेश र स्थानीय सरकार र बजेट प्रणाली बाहिर (एक्स्ट्रा बजेटरी) का विभिन्न कोषको मौज्दात रकमको आधारमा नगद तथा बैङ्क मौज्दात रु एक खर्ब ८८ अर्ब ९४ करोड ५८ लाखले धनात्मक रहन गएको देखिएको छ ।”

नेपाल सरकारबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामान तथा महालेखापरीक्षकबाट स्वीकृत लेखा ढाँचाअनुरुप तयार पारिएको प्रस्तुत विवरण तथा प्रतिवेदनमा सङ्घ, प्रदेश र स्थानीय सरकार र बजेट प्रणाली बाहिरका निकायका प्रचलित कानुनले तोकेका विवरण पनि प्रतिवेदनमा समावेश गरिएको जनाइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि बालेन र कुलमानलाई मिलाएरै छोड्यौँः सुदन गुरुङ

रवि बालेन र कुलमानलाई मिलाएरै छोड्यौँः सुदन गुरुङ

आज रवि, बालेन कुलमानबीच कमपोखरीमा सहमति जुटेको बताइएको छ । उनीहरुबीच सहमतिमा हस्ताक्षरको तयारी भईरहेको छ ।
निर्वाचन प्रक्रिया बन्द गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगभित्रै प्रदर्शन

निर्वाचन प्रक्रिया बन्द गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगभित्रै प्रदर्शन

प्रदर्शनमा सहभागीहरुले जेनजीको माग पुरा गर, हत्यारालाई कारवाही गर, निर्वाचन प्रक्रिया बन्द गर, प्रधानमन्त्री राजीनामा दे लगाएतका नारावाजी गरेका थिए ।
रवि लामिछाने र कुलमान घिसिङबिच लगभग सहमति, हस्ताक्षरको तयारी

रवि लामिछाने र कुलमान घिसिङबिच लगभग सहमति, हस्ताक्षरको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका कुलमान घिसिङबिचको वार्ता सहमति नजिक पुगेको छ ।
निर्वाचन आयोगसमक्ष दलहरुले बुझाए समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची

निर्वाचन आयोगसमक्ष दलहरुले बुझाए समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची

निर्वाचन आयोगले तोकेअनुसार कांग्रेस, एमाले, नेकपा लगाएत पुराना दलका साथै नयाँ दलहरुले आफ्नो दलको समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरेका हुन् ।