नेभिगेशन
समाज

मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण

मुस्ताङ । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग हुँदै माथिल्लो मुस्ताङ जान सकिने गरी यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १, २ र ३ नम्बर वडा जोड्ने ९मुक्तिनाथ–तेताङ० चक्रपथ सडक निर्माण जारी छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चालुआवको पाँचमहिनामा सो सडकको भौतिक प्रगति ३९ प्रतिशत पुर्याइएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय गण्डकीअन्तर्गत पूर्वाधार विकास कार्यालयद्वारा यहाँको मुक्तिनाथ¬पुराङ  हुँदै झोङदेखि तेताङ जोड्ने १० किलोमिटर चक्रपथ सडक योजना कार्यान्वयनमा ल्याइएको हो ।

Ncell
Extreme Energy

यहाँस्थित मुक्तिनाथ–तेताङ जोड्ने छ मिटर चौडा वैकल्पिक सडकमार्ग विस्तार गर्न रु सात करोड एक लाख ५६ हजार लागतमा निर्माण कम्पनीले २०८१ साल साउन २९ गते यहाँको पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो ।

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित सडक स्तरोन्नति तथा नयाँ ट्रयाक खोल्न कार्यालयले २०८३ साल साउन २९ गतेसम्म निर्माण कम्पनीलाई समयावधि तोकिएको छ ।

मुक्तिनाथ–तेताङ जोड्ने सडकको ठेक्का सम्झौता मुताविक १० किलोमिटर सडकमध्ये  ६.५ किलोमिटर नयाँ खोल्ने र ३.५ किलोमिटर सडक स्तरोन्नति गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर जगदीशचन्द्र जोशीले जानकारी दिए ।

उनका अनुसार यहाँ सडकको नयाँ ट्रयाक खोल्ने कार्य सकिएता पनि गत असोजको वर्षाले आंशिक रूपमा क्षति पुर्याएकाले उक्त स्थानमा सडक मर्मतसम्भार गर्नुपर्ने देखिएको छ ।

वारागुङ मुक्तिक्षेत्रको वडा १, २, ३ र ४ वडालाई चत्रपथ सडकले जोड्नेगरी मुक्तिनाथ सडक स्तरोन्नति कार्य भइरहेको सबइन्जिनियर जोशीले जानकारी दिए । उनका अनुसार यहाँको मुक्तिनाथ–तेताङ सडक योजनाको ३९ प्रतिशत भौतिक प्रगति हुँदा वित्तीय प्रगति २८.५८ प्रतिशत छ ।

हालसम्म निर्माण कम्पनीले रु दुई करोड ५६ हजार भुक्तानी लगिसकेको छ । प्रादेश सरकारद्वारा अघि बढाइएको मुक्तिनाथ–तेताङ सडक स्तरोन्नति पूरा भएमा माथिल्लो मुस्ताङका स्थानीय नागरिक तथा पर्यटक कागबेनी झरेर खिङ्गा हुँदै मुक्तिनाथ जानु नपर्ने जनाइएको छ ।

छुसाङदेखि माथिल्लो भेगका नागरिक मुक्तिनाथ जानुपरेमा छुसाङबाट तेताङ हुँदै वैकल्पिक चक्रपथ सडक प्रयोग गरेर मुक्तिनाथ जान सजिलो हुने यसबाट माथिल्लो मुस्ताङबाट मुक्तिनाथ जाने पर्यटक तथा स्थानीय नागरिकहरूका लागि दूरीमा छोटिने बताइएको छ ।

यो सडक सम्पन्न भएपछि वारागुङ मुक्ति क्षेत्रको छेङ्गुर, झोङ, पुडाक र तेताङ गाउँका स्थानीय नागरिकलाई यातायात आवागमनमा निकै सहज हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देशको पहिलो अत्याधुनिक सुरुङमार्गको गरियो उद्घाटन (तस्बिरहरू)

देशको पहिलो अत्याधुनिक सुरुङमार्गको गरियो उद्घाटन (तस्बिरहरू)

पूर्वाधार विकास मन्त्री सुनील लम्सालले आज नागढुंगा सुरुङ मार्गको औपचारिक रूपमा उद्घाटन गरेका छन् ।
तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा २ जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौं चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडकखण्डमा सोमबार बिहान स्कुटर र मिनी ट्रक एक आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ ।
कप्तानगञ्ज घटनाप्रति सांसद लालविक्रमले भने– गोली चलाउनुपर्ने परिस्थिति नै थिएन

कप्तानगञ्ज घटनाप्रति सांसद लालविक्रमले भने– गोली चलाउनुपर्ने परिस्थिति नै थिएन

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीचको विवाद नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएको घटनाप्रति सुनसरी–२ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले गम्भीर आपत्ति जनाएका छन् ।
सुनसरी हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न खुश्बु ओलीको माग

सुनसरी हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न खुश्बु ओलीको माग

राप्रपाकी प्रमुख सचेतक एवं सांसद खुश्बु ओलीले सुनसरीमा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी छिन् ।