नेभिगेशन
समाज

जीवनउपयोगी शिक्षा आवश्यक छः प्रधानसेनापति सिग्देल

भक्तपुर । प्रधानसेनापति अशोकराज सिग्देलले समाज र राष्ट्रप्रति उत्तरदायित्व वहन गर्न सक्ने जनशक्ति विद्यालयबाट उत्पादन हुनुपर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरको सोमबार सम्पन्न ४८औँ वार्षिकोत्सवमा उनले महाविद्यालयले हाँसिल गरेको उल्लेखनीय उपलब्धिको संरक्षण गर्दै गुणस्तरीय शिक्षाका लागि निरन्तर लाग्नुपर्ने बताएका हुन ।

Ncell
Extreme Energy

उनले भने, “विद्यार्थीले ज्ञानसँगै ग्रहण गरेका मूल्य, मान्यतालाई आत्मासात् गर्दै देशको उज्ज्वल भविष्यको आधार निर्माण गरी समाज र राष्ट्रप्रतिको उत्तरदायित्व, सामाजिक सेवा, जिम्मेवार नागरिक बन्ने दृढसङ्कल्पका साथ महाविद्यालयले आधुनिक, गुणस्तरीय, जीवनउपयोगी शिक्षा प्रदान गर्ने विश्वास लिएका छौँ ।”

नयाँ पुस्तालाई पनि इमान्दारिता, समाज र राष्ट्रको विकासका लागि जिम्मेवार  नागरिक बनाउनुपर्नेमा जोड दिँदै उनले सैद्धान्तिक शिक्षामात्र नभई कर्मभूमिप्रति समर्पित नागरिक तयार पार्ने शिक्षा दिनुपर्ने बताए ।

उनले उत्कृष्ट विद्यार्थीहरूलाई ज्यास्मिन स्मृति पुरस्कार, गेहेन्द्रशम्सेर थापा स्मृति पुरस्कार प्रदान गर्नुका साथै उत्कृष्ट शिक्षक एवं कर्मचारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा महाविद्यालयका प्राचार्य दलबहादुर पुनले सैनिक कल्याणकारी कोषबाट सञ्चालित महाविद्यालयको स्थापनाको ४८औँ वार्षिकोत्सवसम्म आइपुग्दा विद्यालय शिक्षामा उत्कृष्ट नतिजा हासिल गर्नुका साथ अतिरिक्त क्रियाकलाप र राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादनमा समेत टेवा पुर्याएको बताए ।

उनले २१औँ शताब्दीले परिकल्पना गरेअनुसार गुणस्तरीय एवं जीवनोपयोगी शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताएका हुन । कार्यक्रममा महाविद्यालयका प्रमुख व्यवस्थापक अधिकृत एवं सहसेनानी शिवप्रसाद पौडेलले गुुणस्तरीय शिक्षामा लामो इतिहास यस महाविद्यालयले राष्ट्रका लागि आवश्यक एवं देशले गर्व गर्न लायक जनशक्ति उत्पादन गरिरहेको बताए ।

उनले विद्यार्थीले शैक्षिक गुणस्तरसँगै विभिन्न अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको बताउँदै विद्यालयमा अक्षयकोषको निर्माण गरी कार्य गरिरहेको बताए ।कार्यक्रममा विद्यार्थीले शास्त्रीय चर्या नृत्य, राष्ट्रिय सेवा दलको देशभक्तिपूर्ण नृत्य, तेक्वान्डो खेल प्रदर्शनी, महाविद्यालयको अकेस्ट्रा समूहको प्रस्तुति तथा विभिन्न सांस्कृतिक नृत्य एवं गायनहरू प्रस्तुत गरेका थिए ।

प्रधानसेनापति सिग्देलले विद्यार्थीको चित्रकला प्रदर्शनी, विज्ञान प्रदर्शनीलगात अवलोकन गर्नुका साथै महाविद्यालयले प्रकाशन गरेको स्मारिक ‘सल्लाघारी’को विमोचन समेत गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनापछि चिकित्सकमाथि भएको आक्रमण आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
म्याग्दीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, बाटो अवरुद्ध हुँदा प्रहरी अझै पुग्न सकेन

म्याग्दीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, बाटो अवरुद्ध हुँदा प्रहरी अझै पुग्न सकेन

अविरल वर्षासँगै आएको बाढी र पहिरोले घर पुरिँदा म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीमा एक जनाको मृत्यु भएको छ ।
आजको माैसम: चार प्रदेशमा भारी वर्षाको सम्भावना

आजको माैसम: चार प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।
सुनसरीमा दुई पक्षबीच झडप: प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थिति तनावग्रस्त, अनिश्चितकालिन कर्फ्यू जारी

सुनसरीमा दुई पक्षबीच झडप: प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थिति तनावग्रस्त, अनिश्चितकालिन कर्फ्यू जारी

सुनसरीका केही स्थानमा कर्फ्यू र निषेधाज्ञा जारी गरिएको छ ।