नेभिगेशन
मुख्य समाचार

वर्षौंदेखि काम नगरेर रुग्ण ठेक्का तोड्नु बाध्यता होः मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले वर्षौंदेखि काम नगरेर रुग्ण ठेक्का तोड्नु बाध्यता रहेको बताएका छन् ।

सडक बोर्ड, नेपालको २३ औं वार्षिकोत्सवको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले काम गरिएन भने कारबाही हुन्छ भन्ने सन्देश दिन, कम रकम कबोल गरी ठेक्का हात पार्ने प्रवृतिलाई निरुत्सहित गर्न तथा समयमै निर्माण नगरिएका कारण आमनागरिकले पाइरहेको दुुःखको अन्त्यका लागि ठेक्का तोड्नु बाध्यता रहेको उल्लेख गरे ।

CG

नियोजित रुपमा कुनै पनि ठेक्का नतोडिएको प्रष्ट पार्दै मन्त्री घिसिङले आफूले लिएको ठेक्काको काम समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन गरिएको बताए ।

उनले विकास बजेट निर्माण व्यवसायीमार्फत खर्च हुने भएकाले देश विकासमा निर्माण व्यवसायीको ठूलो योगदान रहेकाले उनीहरुको क्षमता एवम् दक्षता अभिबृद्धिमा जोड दिए । उनले सडक मर्मत सम्भारलाई नियमित रुपमा तदारुकताका साथ गर्न निर्देशन दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचनमार्फत युवाहरूले चाहेजस्तो देश निर्माणमा सरकार अग्रसर छः प्रधानमन्त्री कार्की

निर्वाचनमार्फत युवाहरूले चाहेजस्तो देश निर्माणमा सरकार अग्रसर छः प्रधानमन्त्री कार्की

तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्ले मंगलबार काठमाडौंको टुँडिखेलमा आयोजना गरेको तमु ल्होसार महोत्सवमा प्रधानमन्त्री कार्कीले बिभिन्न परिस्थितिबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहेजस्तो...
निरन्तर जाडो बढ्दै गएपछि बस्तीमा दाउरा वितरण

निरन्तर जाडो बढ्दै गएपछि बस्तीमा दाउरा वितरण

नगरपालिकाका नौवटै वडाका बस्तीबस्तीका चोक, बजार, सार्वजनिक दलान र विभिन्न जनसरोकारका कार्यालयमा जाडोबाट बच्न राहतका लागि दाउरा वितरण सोमबार थालिएको नगरप्रमुख सञ्जीवकुमार साहले बताए ।
कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

नेपाल टेलिकम शाखा कार्यालय जुम्लाको कार्यक्षेत्र पर्ने जुम्लालगायत कालीकोट र मुगुमा ८६ वटा टावर विस्तार गरिएको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख पारस पुजाराले जानकारी दिए ।
ट्याङकरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

ट्याङकरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

लोकन्थली चोकको सडकमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ना७ ख ९२६६ नंको डिजेल बोकेको ट्याङकरले भक्तपुरतर्फ नै जाँदै गरेको बा २३ प ९२३४ नंम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि...