नेभिगेशन
मुख्य समाचार

ट्याङकरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा मंगलबार ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् ।

लोकन्थली चोकको सडकमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ना७ ख ९२६६ नंको डिजेल बोकेको ट्याङकरले भक्तपुरतर्फ नै जाँदै गरेको बा २३ प ९२३४ नंम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार ३२ वर्षीया स्वस्तिका ऐर बडालको घटनास्थलमा नै मृत्यु भएको हो ।

CG

दुर्घटनामा मोटरसाइकल चालक दार्चुलाको नौगाड गाउँपालिका–१ घर भई हाल काठमाडौँको कीर्तिपुर बस्दै आएका ३४ वर्षीय करणसिंह बडाल गम्भीर घाइते भएका छन् ।

उनको कौसलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नमराज ढुङ्गानाले जानकारी दिए ।

प्रहरीले ट्याङकरका चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ अम्लेखगञ्जका २५ वर्षीय प्रशान्त बललाई नियन्त्रणमा लिएको प्रहरी वृत्त थिमिले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
चोरीको ६५ लाख नगद सहित दाङबाट एक जना पक्राउ

चोरीको ६५ लाख नगद सहित दाङबाट एक जना पक्राउ

इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले २४ वर्षीय दुर्गाबहादुर केसीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीका अनुसार केसीको घरमा खोजतलासी गर्दा स्रोत नखुलेको उक्त...
जनमत पार्टीले बिहीबार पोशाक(धोती) दिवस मनाउने

जनमत पार्टीले बिहीबार पोशाक(धोती) दिवस मनाउने

मंगलबार एक सुचना जारी गर्दै सो पार्टीले सबै जिल्लामा जिल्ला स्तरीय सदरमुकाममा राष्ट्रिय पोशाक(धोती) आ–आफ्नो मौलिकता झल्किने धोती, कुर्ता आदी पोशाक लगाएर कार्यक्रम गर्न आह्वान गरेको हो ।
चन्द्र ढकालका छोरा रास्वपाकाे समानुपातिक बन्द सूचीमा

चन्द्र ढकालका छोरा रास्वपाकाे समानुपातिक बन्द सूचीमा

रास्वपाले सोमबार निर्वाचन आयोगमा पेश गरेको समानुपातिक सांसदको बन्दसूचीमा उनी खस आर्य क्लस्टरको दोस्रो नम्बरमा छन् ।
निर्वाचनमार्फत युवाहरूले चाहेजस्तो देश निर्माणमा सरकार अग्रसर छः प्रधानमन्त्री कार्की

निर्वाचनमार्फत युवाहरूले चाहेजस्तो देश निर्माणमा सरकार अग्रसर छः प्रधानमन्त्री कार्की

तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्ले मंगलबार काठमाडौंको टुँडिखेलमा आयोजना गरेको तमु ल्होसार महोत्सवमा प्रधानमन्त्री कार्कीले बिभिन्न परिस्थितिबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहेजस्तो...