नेभिगेशन
मुख्य समाचार

कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

जुम्ला । ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार सेवा पुर्याउने उद्देश्यका साथ नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम भेगमा टावर विस्तार गरेको छ ।

नेपाल टेलिकम शाखा कार्यालय जुम्लाको कार्यक्षेत्र पर्ने जुम्लालगायत कालीकोट र मुगुमा ८६ वटा टावर विस्तार गरिएको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख पारस पुजाराले जानकारी दिए ।

CG

कालीकोटमा २२, मुगुमा १९ र जुम्लामा ४५ वटा टावर विस्तार गरिएका छन् । कार्यालय प्रमुख पुजाराले भने, “जुम्लाको हिमा गाउँपालिकामा नेपाल टेलिकमको टावर निर्माण भइ सुचारु भएको छ । लामो समयदेखि टेलिफोन टावर निर्माण नुहँदा यहाँका स्थानीयवासी टेलिफोन सेवाबाट वञ्चित भएका थिए ।”

सोमबारदेखि टावर निर्माण सम्पन्न भई टेलिफोन र फोरजी इन्टरनेट सेवा सञ्चालन भएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए । टेलिकमको फाइबर इन्टरनेट सेवा हाल सदरमुकाम खलङ्गामा मात्र विस्तार गरिएको छ ।

जिल्लाका आठवटै स्थानीय तहसम्म विस्तार गर्न काम भइरहेको टेलिकम शाखा कार्यालयले जनाएको छ । नेपाल टेलिकमको कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतका अनुसार हालसम्म कर्णालीका ३७ स्थानीय तहमा सञ्चार सेवा विस्तार गरिएको जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
चोरीको ६५ लाख नगद सहित दाङबाट एक जना पक्राउ

चोरीको ६५ लाख नगद सहित दाङबाट एक जना पक्राउ

इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले २४ वर्षीय दुर्गाबहादुर केसीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीका अनुसार केसीको घरमा खोजतलासी गर्दा स्रोत नखुलेको उक्त...
जनमत पार्टीले बिहीबार पोशाक(धोती) दिवस मनाउने

जनमत पार्टीले बिहीबार पोशाक(धोती) दिवस मनाउने

मंगलबार एक सुचना जारी गर्दै सो पार्टीले सबै जिल्लामा जिल्ला स्तरीय सदरमुकाममा राष्ट्रिय पोशाक(धोती) आ–आफ्नो मौलिकता झल्किने धोती, कुर्ता आदी पोशाक लगाएर कार्यक्रम गर्न आह्वान गरेको हो ।
चन्द्र ढकालका छोरा रास्वपाकाे समानुपातिक बन्द सूचीमा

चन्द्र ढकालका छोरा रास्वपाकाे समानुपातिक बन्द सूचीमा

रास्वपाले सोमबार निर्वाचन आयोगमा पेश गरेको समानुपातिक सांसदको बन्दसूचीमा उनी खस आर्य क्लस्टरको दोस्रो नम्बरमा छन् ।
निर्वाचनमार्फत युवाहरूले चाहेजस्तो देश निर्माणमा सरकार अग्रसर छः प्रधानमन्त्री कार्की

निर्वाचनमार्फत युवाहरूले चाहेजस्तो देश निर्माणमा सरकार अग्रसर छः प्रधानमन्त्री कार्की

तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्ले मंगलबार काठमाडौंको टुँडिखेलमा आयोजना गरेको तमु ल्होसार महोत्सवमा प्रधानमन्त्री कार्कीले बिभिन्न परिस्थितिबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहेजस्तो...