नेभिगेशन
समाज

निरन्तर जाडो बढ्दै गएपछि बस्तीमा दाउरा वितरण

महोत्तरी । निरन्तर जाडो बढ्दै गएपछि महोत्तरीको भङ्गाहा नगर कार्यपालिकाको कार्यालयले बस्तीहरुमा दाउराका मुढा वितरण थालेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नगरपालिकाका नौवटै वडाका बस्तीबस्तीका चोक, बजार, सार्वजनिक दलान र विभिन्न जनसरोकारका कार्यालयमा जाडोबाट बच्न राहतका लागि दाउरा वितरण सोमबार थालिएको नगरप्रमुख सञ्जीवकुमार साहले बताए ।

Ncell
Extreme Energy

“जाडो निकै बढ्यो, तत्काल राहतका लागि दाउरा वितरण थाल्यौँ, पहिलो चरणमा सोमबार साँझसम्म नौवटै वडाका सबै बस्तीमा पुर्‍याइएको छ”, नगरप्रमुख साहले भने, “यसले यो शीतलहरमा जीउ तताउन थोरै राहत दिनेछ ।”

बस्तीबस्तीमा सशस्त्र प्रहरी बेस क्याम्प भङ्गाहाका सशस्त्र प्रहरीका जवानसहितको वितरण टोलीले ठाउँठाउँमा दाउराका मुडा झार्दै आगो सल्काइने गरिएको साहले जानकारी दिए ।

दाउरा वितरणसँगै जारी शीतलहरमा गरिब बस्तीमा थप राहतको आवश्यकता रहेको उनको भनाइ छ । यस कार्यमा सहयोग समन्वय बढाइदिन उनले विभिन्न सामाजिक सङ्घसंस्था, जिल्ला विपद् व्यवस्थापन समिति र राज्यका निकायहरुसँग अपिल गरेका छन् ।

साहले भने, “हाम्रो नगर क्षेत्रमा मुसहर, बाँतरसहितका अत्यन्त गरिब बस्ती धेरै छन्, यो अप्ठ्यारो बेलामा यस्ता बस्तीमा थप राहतको जरुरी छ । यस कार्यमा  सहयोग गर्न सबै पक्षसँग अनुरोध छ ।”

शीतलहरको यो प्रकोपमा आगोमा जीउ तताउन पाएपछि सर्वसाधारणले केही राहत महसुस गरेका छन् । जिल्लामा यसपालि पुस ३ गते सुरु भएको शीतलहर पछिल्ला तीन/चार दिनयता झन् बढ्दैछ ।

जिल्लाको सुदूर उत्तरी भेगका बर्दिबास र गौशाला नगरक्षेत्रका पूर्वपश्चिम राजमार्ग आसपासका बस्तीमा त्यसयता एकाध दिन मध्याह्नपछि झल्याकझुलुक घाम देखिए पनि मध्य र दक्षिणी भेगमा घाम देखिएको छैन ।

गत शनिबारयता बर्दिबास र गौशालाका यी भेगमा पनि घाम नदेखिएको गौशाला–८ सँग सीमा जोडिएको बर्दिबास–५ का वडाध्यक्ष काहारमान स्याङ्वाले बताए । चारैतिर डम्म बाक्लो हुस्सुले ढाकेर मुटु कमाउने जाडो बढिरहेपछि जिल्लाका सबै क्षेत्रमा दाउराको माग बढेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानाका  अनुसार प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्रीले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल गरेका छैनन् ।
ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन् । उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।

भर्खरै