नेभिगेशन
मुख्य समाचार

निर्वाचनमार्फत युवाहरूले चाहेजस्तो देश निर्माणमा सरकार अग्रसर छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको बताएकी छन् ।

तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्ले मंगलबार काठमाडौंको टुँडिखेलमा आयोजना गरेको तमु ल्होसार महोत्सवमा प्रधानमन्त्री कार्कीले बिभिन्न परिस्थितिबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको बताएकी हुन ।

CG

त्यसको मुख्य आधार भनेको स्वच्छ र निष्पक्ष निर्वाचन नै भएको उनले बताएकी हुन । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण देशभरि बन्दै गएको भन्दै प्रधानमन्त्री कार्कीले दलहरुका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस भएको धारणा व्यक्त गरेकी थिइन ।

उनले निर्वाचन सम्पन्न गर्ने दिशामा नयाँ कोशेढुंगा पार गरेको भन्दै निर्वाचन प्रक्रियामा पनि उत्साहका साथ सवै पक्ष सामेल हुने विश्वास सरकारको रहेको उल्लेख गरेकी थिइन । सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराखेको उनको भनाइ छ ।

प्रधानमन्त्री कार्कीले मुलुकले अब थप अस्थिरता नभइ स्थीरता र विश्वास चाहेकाले सबै मिलेर शान्ति, एकता र समृद्धिको मार्गमा अघि बढ्नुको विकल्प नरहेको बताएकी थिइन ।

त्यस्तै प्रधानमन्त्री कार्कीले तमु ल्होसारजस्ता पर्वहरूले आफ्नो मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ बलियो बनाउन प्रेरित गरेको बताइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचन आयोगमा ६४ दलले बुझाए समानुपातिक बन्द सूची

निर्वाचन आयोगमा ६४ दलले बुझाए समानुपातिक बन्द सूची

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा कुल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन् ।
जेनजी आन्दोलनका क्रममा लुटिएका धेरै हतियार फिर्ता भइसकेका छन्ः प्रहरी महानिरीक्षक कार्की

जेनजी आन्दोलनका क्रममा लुटिएका धेरै हतियार फिर्ता भइसकेका छन्ः प्रहरी महानिरीक्षक कार्की

मंगलबार काटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभागको पुनःनिर्मित भवन हस्तान्तरण कार्यक्रममा कार्कीले जेनजी आन्दोलनका क्रममा लुटिएका थौरै हतियारमात्रै फिर्ता आउन बाँकी रहेको र धेरै हतियार फिर्ता भइसकेको...
सामाजिक सञ्जालमा हो–हल्ला गर्नेहरु नै मुक्तिदाता हुन भन्ने भ्रम छः संयोजक दाहाल

सामाजिक सञ्जालमा हो–हल्ला गर्नेहरु नै मुक्तिदाता हुन भन्ने भ्रम छः संयोजक दाहाल

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका नेता केशव रावलको पैदल यात्रा समापन कार्यक्रममा प्रचण्डले दशकौँ लडाइँ गरेर त्याग र तपस्या विचार र निष्ठाका कीर्तिमान राखेकाहरुलाई वद्नाम गर्दै सामाजिक...
चोरीको ६५ लाख नगद सहित दाङबाट एक जना पक्राउ

चोरीको ६५ लाख नगद सहित दाङबाट एक जना पक्राउ

इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले २४ वर्षीय दुर्गाबहादुर केसीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीका अनुसार केसीको घरमा खोजतलासी गर्दा स्रोत नखुलेको उक्त...