नेभिगेशन
समाज

सामाजिक सञ्जालमा हो–हल्ला गर्नेहरु नै मुक्तिदाता हुन भन्ने भ्रम छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा हो–हल्ला गर्नेहरु नै मुक्तिदाता हुन भन्ने भ्रम परेको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका नेता केशव रावलको पैदल यात्रा समापन कार्यक्रममा प्रचण्डले दशकौँ लडाइँ गरेर त्याग र तपस्या विचार र निष्ठाका कीर्तिमान राखेकाहरुलाई वद्नाम गर्दै सामाजिक सञ्जालमा हो–हल्ला गर्नेहरु नै मुक्तिदाता हुन भन्ने भ्रम परेको बताए ।

Ncell
Extreme Energy

अहिले विचारविहीन, इतिहासविहीन, त्याग तपस्या बलिदान र निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके भनेको जस्तो गरि सामाजिक सञ्जालमा प्रस्तुत गर्न खोजेको उनले बताए ।

प्रचण्डले सहर बजारमा गरेजस्तो हल्ला सत्य नभएको र जनतामा अहिले पनि नेकपा र आफुहरुले गरेको पार्टी एकताप्रति सकारात्मक भाव रहेको जस्तो आफुहरुलाई महशुस भएको धारणा व्यक्त गरेका थिए ।

उनले सामाजिक सञ्जालमा हल्ला गरेजस्तो परिस्थीति अहिले नरहेको जिकिर गरे । त्यस्तै उनले अहिले सूचना प्रविधिको प्रभाव, प्रभुत्व, स्वामित्व प्रतिक्रियावादी शक्तिहरुको हातमा रहेको र उनीहरुले चाहेजस्तै गरि प्रयोग भइरहेको बताए ।

उनले सामाजिक सञ्जालमा रमाएर नेपाल कव्जा गरेको ठान्नेहरुबिरुद्ध जनताहरु एक भएर लाग्नुपर्नेमा जोड दिए । राष्ट्रको झण्डा, कम्युनिष्ट पार्टीको झण्डा र नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिह्न तारा बोकी रुकुम पूर्वदेखि काठमाडौंसम्म यात्रा गरेका नेकपा नेता केशव रावलले प्रचण्ड र माधव नेपाललाई झण्डा हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।
एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एसियाली विकास बैंक (एडीबी)का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोशवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग भेट गरेका छन् ।
भारी वर्षाको सम्भावना: गण्डकी बेसिनका जलविद्युत आयोजनामा उच्च सतर्कता

भारी वर्षाको सम्भावना: गण्डकी बेसिनका जलविद्युत आयोजनामा उच्च सतर्कता

असोज ९-११ गतेसम्मको भारी वर्षाको प्रक्षेपणपछि गण्डकी बेसिनमा पर्ने जलविद्युत आयोजनाहरुमा उच्च सतर्कता अपनाइएको छ ।
प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघ महासभामा ८ वटा महत्त्वपूर्ण विषय उठाएका छन् ।