नेभिगेशन
मुख्य समाचार

सामाजिक सञ्जालमा हो–हल्ला गर्नेहरु नै मुक्तिदाता हुन भन्ने भ्रम छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा हो–हल्ला गर्नेहरु नै मुक्तिदाता हुन भन्ने भ्रम परेको बताए ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका नेता केशव रावलको पैदल यात्रा समापन कार्यक्रममा प्रचण्डले दशकौँ लडाइँ गरेर त्याग र तपस्या विचार र निष्ठाका कीर्तिमान राखेकाहरुलाई वद्नाम गर्दै सामाजिक सञ्जालमा हो–हल्ला गर्नेहरु नै मुक्तिदाता हुन भन्ने भ्रम परेको बताए ।

CG

अहिले विचारविहीन, इतिहासविहीन, त्याग तपस्या बलिदान र निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके भनेको जस्तो गरि सामाजिक सञ्जालमा प्रस्तुत गर्न खोजेको उनले बताए ।

प्रचण्डले सहर बजारमा गरेजस्तो हल्ला सत्य नभएको र जनतामा अहिले पनि नेकपा र आफुहरुले गरेको पार्टी एकताप्रति सकारात्मक भाव रहेको जस्तो आफुहरुलाई महशुस भएको धारणा व्यक्त गरेका थिए ।

उनले सामाजिक सञ्जालमा हल्ला गरेजस्तो परिस्थीति अहिले नरहेको जिकिर गरे । त्यस्तै उनले अहिले सूचना प्रविधिको प्रभाव, प्रभुत्व, स्वामित्व प्रतिक्रियावादी शक्तिहरुको हातमा रहेको र उनीहरुले चाहेजस्तै गरि प्रयोग भइरहेको बताए ।

उनले सामाजिक सञ्जालमा रमाएर नेपाल कव्जा गरेको ठान्नेहरुबिरुद्ध जनताहरु एक भएर लाग्नुपर्नेमा जोड दिए । राष्ट्रको झण्डा, कम्युनिष्ट पार्टीको झण्डा र नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिह्न तारा बोकी रुकुम पूर्वदेखि काठमाडौंसम्म यात्रा गरेका नेकपा नेता केशव रावलले प्रचण्ड र माधव नेपाललाई झण्डा हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कुखुरा, बाख्रा, स्यालले मोर्चा गरेर सिहंको शिकार हुन्छ ? :  केपी ओली

कुखुरा, बाख्रा, स्यालले मोर्चा गरेर सिहंको शिकार हुन्छ ? :  केपी ओली

‘प्रधानमन्त्री बनाइसके मान्छेले । हामी चुनाब पर्खिरहेका छौँ, कहिले होला ? फागुन २१ मा होला, बैशाखमा होला ? य अर्को मंसिरमा होला ! हामी चुनाब पर्खिरहेका छौँ ।...
मोहना अन्सारी रास्वपाको समानुपातिक बन्द सूचीमा

मोहना अन्सारी रास्वपाको समानुपातिक बन्द सूचीमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक उम्मेदवारको सूूचीमा मोहना अन्सारी पनि परेकी छिन् । उनी मुस्लिम महिला क्लस्टरको दोस्रो नम्बरमा छिन् । उनी अधिकारकर्मीका रुपमा परिचित छिन् ।
निर्वाचन आयोगमा ६४ दलले बुझाए समानुपातिक बन्द सूची

निर्वाचन आयोगमा ६४ दलले बुझाए समानुपातिक बन्द सूची

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा कुल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन् ।
जेनजी आन्दोलनका क्रममा लुटिएका धेरै हतियार फिर्ता भइसकेका छन्ः प्रहरी महानिरीक्षक कार्की

जेनजी आन्दोलनका क्रममा लुटिएका धेरै हतियार फिर्ता भइसकेका छन्ः प्रहरी महानिरीक्षक कार्की

मंगलबार काटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभागको पुनःनिर्मित भवन हस्तान्तरण कार्यक्रममा कार्कीले जेनजी आन्दोलनका क्रममा लुटिएका थौरै हतियारमात्रै फिर्ता आउन बाँकी रहेको र धेरै हतियार फिर्ता भइसकेको...