नेभिगेशन
समाज

जेनजी आन्दोलनका क्रममा लुटिएका धेरै हतियार फिर्ता भइसकेका छन्ः प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको साथ र सहयोगका कारण जेनजी आन्दोलनका क्रममा लुटिएका धेरै हतियार फिर्ता आइसकेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार काटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभागको पुनःनिर्मित भवन हस्तान्तरण कार्यक्रममा कार्कीले जेनजी आन्दोलनका क्रममा लुटिएका थौरै हतियारमात्रै फिर्ता आउन बाँकी रहेको र धेरै हतियार फिर्ता भइसकेको बताएका हुन ।

Ncell
Extreme Energy

उनले बिभिन्न अवस्थामा आफ्ना असन्तुष्टिहरूलाई ढुङ्गामुढा गरेर प्रस्तुत गर्ने अभ्यासलाई सुधार गर्न जरुरी रहेको बताए । कार्कीले नागरिक र प्रहरीको साझेदारीपूर्ण सहभागीताले नै मुलुकभरमा शान्ति सुरक्षा कायम हुने भएकाले नागरिकको भावना अनुसारको काम गर्ने आफ्नो अभ्यासमा पनि विकास गर्न निर्देशन दिए ।

सभ्य समाज निर्माण गर्न नागरिक, प्रहरी लगाएत सवैबीच सहकार्य हुन जरुरी रहेको उनको भनाइ छ । जनेजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको काटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक भवन पुनःनिर्माण गरि हस्तान्तरण गरिएको हो । स्थानीय लगाएत सरोकारवालाले समिति बनाएर भवन पुनःनिर्माण गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।
एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एसियाली विकास बैंक (एडीबी)का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोशवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग भेट गरेका छन् ।
भारी वर्षाको सम्भावना: गण्डकी बेसिनका जलविद्युत आयोजनामा उच्च सतर्कता

भारी वर्षाको सम्भावना: गण्डकी बेसिनका जलविद्युत आयोजनामा उच्च सतर्कता

असोज ९-११ गतेसम्मको भारी वर्षाको प्रक्षेपणपछि गण्डकी बेसिनमा पर्ने जलविद्युत आयोजनाहरुमा उच्च सतर्कता अपनाइएको छ ।
प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघ महासभामा ८ वटा महत्त्वपूर्ण विषय उठाएका छन् ।