नेभिगेशन
मुख्य समाचार

कुखुरा, बाख्रा, स्यालले मोर्चा गरेर सिहंको शिकार हुन्छ ? :  केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले–कांग्रेसजस्ता ठूला पार्टीसंग डराएर अन्य दलले मोर्चाबन्दी गर्दै हिडेको बताएका छन् । 

मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले एमाले र नेपाली काँग्रेसबाहेक अरु दलले सरकार बनाउनै नसक्ने भन्दै ठूला पार्टीसंग डराएर अन्य दलले मोर्चाबन्दी गर्दै हिडेको र यो क्रम निर्वाचन अघिसम्म जारी रहने बताए । उनले भने, ‘कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर सिंहको शिकार हुन्छ ?’

CG

कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष बाँड्नु हास्यास्पद भएको टिप्पणी गर्दै ओलीले घैँटाको पानीले सागर बन्न नसक्ने र भेडा बाख्राहरुको मोर्चाबन्दीले सिंहलाई कुनै फरक नपर्ने धारणा राखे । उनले कुनै न कुनै दिन हुने निर्वाचनको तयारीमा एमाले रहेको भन्दै निर्वाचनबाटै फैसला दिने दावी गरे ।

‘प्रधानमन्त्री बनाइसके मान्छेले । हामी चुनाब पर्खिरहेका छौँ, कहिले होला ? फागुन २१ मा होला, बैशाखमा होला ? य अर्को मंसिरमा होला ! हामी चुनाब पर्खिरहेका छौँ । निर्वाचनबाट राष्ट्रिय फैसला हामी दिन्छौँ । त्यसका लागि हामी तयार छौँ ।’ उनले भने, ‘उ संग पनि मिलौँ भन्याछ, उसँग पनि मिलौँ भन्याछ । यसो हेर्यो भिमकाय एमाले छ । भिड्नु त्यो सँग छ । अनी लौन मिलौँ भन्दै हिड्या छन् ।’ 

उनले निर्वाचन हुन सक्ने वातावरण नभएकाले असंवैधानिकरुपमा विघटन भएको संसद पुनःस्थापना हुनुपर्ने बताए । सरकार बनाउने र हटाउने थलो संसद भएकोले यसलाई असंवैधनिक व्यक्तिले विघटन गरेर संविधानलाई संकटमा पारेको उनको भनाइ थियो । अध्यक्ष ओलीले संसद पुनः स्थापनाबारे सर्वाेच्च अदालतले चाँडो न्याय दिनुपर्नेमा पनि जोड दिए । 

संसद पुनस्र्थापना गरेर मात्र वर्तमान राजनीतिक संकट हल गर्न सकिने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले राहदानी रोक्काका साथै स्थानहद तोकेर निर्वाचनको वातावरण बन्न नसक्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मोहना अन्सारी रास्वपाको समानुपातिक बन्द सूचीमा

मोहना अन्सारी रास्वपाको समानुपातिक बन्द सूचीमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक उम्मेदवारको सूूचीमा मोहना अन्सारी पनि परेकी छिन् । उनी मुस्लिम महिला क्लस्टरको दोस्रो नम्बरमा छिन् । उनी अधिकारकर्मीका रुपमा परिचित छिन् ।
निर्वाचन आयोगमा ६४ दलले बुझाए समानुपातिक बन्द सूची

निर्वाचन आयोगमा ६४ दलले बुझाए समानुपातिक बन्द सूची

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा कुल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन् ।
जेनजी आन्दोलनका क्रममा लुटिएका धेरै हतियार फिर्ता भइसकेका छन्ः प्रहरी महानिरीक्षक कार्की

जेनजी आन्दोलनका क्रममा लुटिएका धेरै हतियार फिर्ता भइसकेका छन्ः प्रहरी महानिरीक्षक कार्की

मंगलबार काटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभागको पुनःनिर्मित भवन हस्तान्तरण कार्यक्रममा कार्कीले जेनजी आन्दोलनका क्रममा लुटिएका थौरै हतियारमात्रै फिर्ता आउन बाँकी रहेको र धेरै हतियार फिर्ता भइसकेको...
सामाजिक सञ्जालमा हो–हल्ला गर्नेहरु नै मुक्तिदाता हुन भन्ने भ्रम छः संयोजक दाहाल

सामाजिक सञ्जालमा हो–हल्ला गर्नेहरु नै मुक्तिदाता हुन भन्ने भ्रम छः संयोजक दाहाल

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका नेता केशव रावलको पैदल यात्रा समापन कार्यक्रममा प्रचण्डले दशकौँ लडाइँ गरेर त्याग र तपस्या विचार र निष्ठाका कीर्तिमान राखेकाहरुलाई वद्नाम गर्दै सामाजिक...