नेभिगेशन
समाज

कुखुरा, बाख्रा, स्यालले मोर्चा गरेर सिहंको शिकार हुन्छ ? :  केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले–कांग्रेसजस्ता ठूला पार्टीसंग डराएर अन्य दलले मोर्चाबन्दी गर्दै हिडेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले एमाले र नेपाली काँग्रेसबाहेक अरु दलले सरकार बनाउनै नसक्ने भन्दै ठूला पार्टीसंग डराएर अन्य दलले मोर्चाबन्दी गर्दै हिडेको र यो क्रम निर्वाचन अघिसम्म जारी रहने बताए । उनले भने, ‘कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर सिंहको शिकार हुन्छ ?’

Ncell
Extreme Energy

कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष बाँड्नु हास्यास्पद भएको टिप्पणी गर्दै ओलीले घैँटाको पानीले सागर बन्न नसक्ने र भेडा बाख्राहरुको मोर्चाबन्दीले सिंहलाई कुनै फरक नपर्ने धारणा राखे । उनले कुनै न कुनै दिन हुने निर्वाचनको तयारीमा एमाले रहेको भन्दै निर्वाचनबाटै फैसला दिने दावी गरे ।

‘प्रधानमन्त्री बनाइसके मान्छेले । हामी चुनाब पर्खिरहेका छौँ, कहिले होला ? फागुन २१ मा होला, बैशाखमा होला ? य अर्को मंसिरमा होला ! हामी चुनाब पर्खिरहेका छौँ । निर्वाचनबाट राष्ट्रिय फैसला हामी दिन्छौँ । त्यसका लागि हामी तयार छौँ ।’ उनले भने, ‘उ संग पनि मिलौँ भन्याछ, उसँग पनि मिलौँ भन्याछ । यसो हेर्यो भिमकाय एमाले छ । भिड्नु त्यो सँग छ । अनी लौन मिलौँ भन्दै हिड्या छन् ।’ 

उनले निर्वाचन हुन सक्ने वातावरण नभएकाले असंवैधानिकरुपमा विघटन भएको संसद पुनःस्थापना हुनुपर्ने बताए । सरकार बनाउने र हटाउने थलो संसद भएकोले यसलाई असंवैधनिक व्यक्तिले विघटन गरेर संविधानलाई संकटमा पारेको उनको भनाइ थियो । अध्यक्ष ओलीले संसद पुनः स्थापनाबारे सर्वाेच्च अदालतले चाँडो न्याय दिनुपर्नेमा पनि जोड दिए । 

संसद पुनस्र्थापना गरेर मात्र वर्तमान राजनीतिक संकट हल गर्न सकिने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले राहदानी रोक्काका साथै स्थानहद तोकेर निर्वाचनको वातावरण बन्न नसक्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।