नेभिगेशन
समाज

त्रिभुवन बिमानस्थलको सेवामा सुधार गर्न मन्त्री सिन्हाको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले त्रिभुवन बिमानस्थलको सेवामा सुधार गर्न निर्देशन दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औं वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले त्रिभुवन बिमानस्थलको संरचनात्मक सुधार देखिएपनि आम नागरिक र पर्यटकले गुणस्तरीय सेवा पाउन नसकेको भन्दै सेवामा सुधार गर्न निर्देशन दिएका हुन ।

Ncell
Extreme Energy

बिमानस्थलमा प्रवेश गरेदेखि बाहिरिदासम्मको असहज परिस्थीति स्वयं आफैले भोगेको उनले बताए । मन्त्री सिन्हाले आफु अन्तरिम सरकारको मन्त्री भएकाले धेरै समय नरहेपनि बाँकी रहेको समयमा सुधारका लागि निरन्तर प्रयास गर्ने उल्लेख गरेका थिए । नेपालमा हवाई यात्रा विलासिता नभई जिवनपद्धती बन्न पुगेकाले यस क्षेत्रलाई नागरिक मैत्री बनाउनुपर्नेमा उनले जोड दिएका थिए ।

मन्त्री सिन्हाले बिमान दुर्घटनाको निष्पक्ष र प्रावधिक छानविनका लागि स्थायी र अधिकारसम्पन्न स्वतन्त्र बिमान दुर्घटना आयोग वा कुनै स्वतन्त्र निकायको स्थापना गर्ने बिषयमा रणनीतिक सम्बोधन गर्न अतिआवश्यक रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।
एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एसियाली विकास बैंक (एडीबी)का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोशवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग भेट गरेका छन् ।
भारी वर्षाको सम्भावना: गण्डकी बेसिनका जलविद्युत आयोजनामा उच्च सतर्कता

भारी वर्षाको सम्भावना: गण्डकी बेसिनका जलविद्युत आयोजनामा उच्च सतर्कता

असोज ९-११ गतेसम्मको भारी वर्षाको प्रक्षेपणपछि गण्डकी बेसिनमा पर्ने जलविद्युत आयोजनाहरुमा उच्च सतर्कता अपनाइएको छ ।
प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघ महासभामा ८ वटा महत्त्वपूर्ण विषय उठाएका छन् ।