नेभिगेशन
मुख्य समाचार

त्रिभुवन बिमानस्थलको सेवामा सुधार गर्न मन्त्री सिन्हाको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले त्रिभुवन बिमानस्थलको सेवामा सुधार गर्न निर्देशन दिएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औं वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले त्रिभुवन बिमानस्थलको संरचनात्मक सुधार देखिएपनि आम नागरिक र पर्यटकले गुणस्तरीय सेवा पाउन नसकेको भन्दै सेवामा सुधार गर्न निर्देशन दिएका हुन ।

CG

बिमानस्थलमा प्रवेश गरेदेखि बाहिरिदासम्मको असहज परिस्थीति स्वयं आफैले भोगेको उनले बताए । मन्त्री सिन्हाले आफु अन्तरिम सरकारको मन्त्री भएकाले धेरै समय नरहेपनि बाँकी रहेको समयमा सुधारका लागि निरन्तर प्रयास गर्ने उल्लेख गरेका थिए । नेपालमा हवाई यात्रा विलासिता नभई जिवनपद्धती बन्न पुगेकाले यस क्षेत्रलाई नागरिक मैत्री बनाउनुपर्नेमा उनले जोड दिएका थिए ।

मन्त्री सिन्हाले बिमान दुर्घटनाको निष्पक्ष र प्रावधिक छानविनका लागि स्थायी र अधिकारसम्पन्न स्वतन्त्र बिमान दुर्घटना आयोग वा कुनै स्वतन्त्र निकायको स्थापना गर्ने बिषयमा रणनीतिक सम्बोधन गर्न अतिआवश्यक रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
स्वास्थ्यमा गम्भीर समस्या देखिपछि अनसनरत भुसाललाई अस्पताल भर्ना

स्वास्थ्यमा गम्भीर समस्या देखिपछि अनसनरत भुसाललाई अस्पताल भर्ना

काठमाडौंको माइतीघर मण्डलामा ९ दिनदेखि अनसनरत भुसालको स्वास्थ्यमा समस्या भएपछि नेपाल चिकित्सक संघको पहलमा भुसाललाई उपचारका लागि वीर अस्पताल लगिएको हो ।
नेताहरु शिशिर,विराजभक्त, गणेश र मैले चुनाव लड्न नपाउने भन्दै दुष्प्रचार गरियो:सोविता गाैतम

नेताहरु शिशिर,विराजभक्त, गणेश र मैले चुनाव लड्न नपाउने भन्दै दुष्प्रचार गरियो:सोविता गाैतम

‘निर्वाचनको मुखैमा यस्तो संवेदनशील विषयमा निर्वाचन आयोगले विशेष ध्यान दिनुपर्छ,’ नेतृ गौतम भन्छिन्, ‘निर्वाचन आयोगले त्रुटि सच्याओस् । राजनीति नगरोस् ।’
नेप्से परिसूचकमा १० अङ्कको वृद्धि

नेप्से परिसूचकमा १० अङ्कको वृद्धि

बुधबार ३४२ कम्पनीको एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर ६३ हजार ९८१ पटक खरिद बिक्री हुँदा रू पाँच अर्ब १३ करोड ४८ लाख ५० हजार...
सुदुरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

सुदुरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयको परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कैलाली जिल्ला अदालतका न्यायाधीश एवं निर्वाचन अधिकृत भुवनसिंह थापाले कार्यालयको उद्घाटन गरेका हुन ।