नेभिगेशन
मुख्य समाचार

स्वास्थ्यमा गम्भीर समस्या देखिपछि अनसनरत भुसाललाई अस्पताल भर्ना

काठमाडौँ । बिभिन्न माग राख्दै अनसनरत डा निकोलस भुसालको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ ।

काठमाडौंको माइतीघर मण्डलामा ९ दिनदेखि अनसनरत भुसालको स्वास्थ्यमा समस्या भएपछि नेपाल चिकित्सक संघको पहलमा भुसाललाई उपचारका लागि वीर अस्पताल लगिएको हो ।

CG

भुसालको स्वास्थ्यमा समस्या भएपछि चिकित्सकको टोलीले माइतिघरमा स्वास्थ्य अवस्थाको जाँच गरेको थियो । जाँचका क्रममा थप उपचार आवश्यक देखिएपछि भुसाललाई अस्पताल लगिएको संघले जनाएको छ ।

जेन–जी आन्दोलनका क्रममा भएका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने, जेन–जी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने लगाएतका माग राख्दै डा भुसाल अनसनमा बसेका हुन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रहरीको भेषमा ठगी धन्दा गर्दै आएका दुई जना पक्राउ

प्रहरीको भेषमा ठगी धन्दा गर्दै आएका दुई जना पक्राउ

पक्राउ पर्नेमा सिन्धुपाल्चोक नमोबुद्ध नगरपालिका–५ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका बस्दै आएका वर्ष ३७ का आकाश भन्ने नानि बावु लामा र दोलखाको मेलुङ गाउँपालिका ६ घर भइ...
निर्वाचनको तयारीसंगै देशमा अन्यौलता हट्दै छः संयोजक दाहाल

निर्वाचनको तयारीसंगै देशमा अन्यौलता हट्दै छः संयोजक दाहाल

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य विषयक सर्वपक्षीय राष्ट्रिय संवादमा प्रचण्डले जेनजी आन्दोलनपछि देखिएको अन्यौलता निर्वाचनको तयारीसंग हटेर गएको बताएका...
निर्वाचन खर्च सार्वजनिक नगरेकै भरमा उम्मेदवारी रद्द नहुनेः निर्वाचन आयोग

निर्वाचन खर्च सार्वजनिक नगरेकै भरमा उम्मेदवारी रद्द नहुनेः निर्वाचन आयोग

बुधबार एक सुचना जारी गर्दै आयोगले गएको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारहरुले चुनावी खर्च सार्वजनिक नगरेको विषयलाई लिएर विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारका विषयमा सुचना जारी गर्दै...
नेताहरु शिशिर,विराजभक्त, गणेश र मैले चुनाव लड्न नपाउने भन्दै दुष्प्रचार गरियो:सोविता गाैतम

नेताहरु शिशिर,विराजभक्त, गणेश र मैले चुनाव लड्न नपाउने भन्दै दुष्प्रचार गरियो:सोविता गाैतम

‘निर्वाचनको मुखैमा यस्तो संवेदनशील विषयमा निर्वाचन आयोगले विशेष ध्यान दिनुपर्छ,’ नेतृ गौतम भन्छिन्, ‘निर्वाचन आयोगले त्रुटि सच्याओस् । राजनीति नगरोस् ।’