नेभिगेशन
समाज

निर्वाचनको तयारीसंगै देशमा अन्यौलता हट्दै छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको तयारीसंगै देशमा अन्यौलता हटेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य विषयक सर्वपक्षीय राष्ट्रिय संवादमा प्रचण्डले जेनजी आन्दोलनपछि देखिएको अन्यौलता निर्वाचनको तयारीसंग हटेर गएको बताएका हुन ।

Ncell
Extreme Energy

उनले धेरै अप्ठेरो र जटिलताकाबीच निर्वाचन नै देशको निकास हो भनेर सरकारले गरेको दृढ प्रदर्शन प्रसंशनीय रहेको धारणा व्यक्त गरे । अहिले सवै राजनीतिक दल र आम जनताले निर्वाचनको मानसिकता बनाइएकोले कुनै अन्यौलता नरहेको उनको भनाइ छ ।

प्रचण्डले ताजा जनादेशमार्फतको संसदबाट जेनजीका मुद्दालगाएत संविधानका सीमा र कमीहरुलाई संशोधनमार्फत सुधार गर्नुपर्नेमा जोड दिए । त्यस्तै प्रचण्डले निजी क्षेत्रलाई संरक्षण, प्रोत्साहन र लगानीको वातावरण बनाउन नसके मुलुक बिकास र समृद्धितर्फ अघि बढ्न नसक्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।
एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एसियाली विकास बैंक (एडीबी)का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोशवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग भेट गरेका छन् ।
भारी वर्षाको सम्भावना: गण्डकी बेसिनका जलविद्युत आयोजनामा उच्च सतर्कता

भारी वर्षाको सम्भावना: गण्डकी बेसिनका जलविद्युत आयोजनामा उच्च सतर्कता

असोज ९-११ गतेसम्मको भारी वर्षाको प्रक्षेपणपछि गण्डकी बेसिनमा पर्ने जलविद्युत आयोजनाहरुमा उच्च सतर्कता अपनाइएको छ ।
प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघ महासभामा ८ वटा महत्त्वपूर्ण विषय उठाएका छन् ।