नेभिगेशन
मुख्य समाचार

निर्वाचनको तयारीसंगै देशमा अन्यौलता हट्दै छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको तयारीसंगै देशमा अन्यौलता हटेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य विषयक सर्वपक्षीय राष्ट्रिय संवादमा प्रचण्डले जेनजी आन्दोलनपछि देखिएको अन्यौलता निर्वाचनको तयारीसंग हटेर गएको बताएका हुन ।

CG

उनले धेरै अप्ठेरो र जटिलताकाबीच निर्वाचन नै देशको निकास हो भनेर सरकारले गरेको दृढ प्रदर्शन प्रसंशनीय रहेको धारणा व्यक्त गरे । अहिले सवै राजनीतिक दल र आम जनताले निर्वाचनको मानसिकता बनाइएकोले कुनै अन्यौलता नरहेको उनको भनाइ छ ।

प्रचण्डले ताजा जनादेशमार्फतको संसदबाट जेनजीका मुद्दालगाएत संविधानका सीमा र कमीहरुलाई संशोधनमार्फत सुधार गर्नुपर्नेमा जोड दिए । त्यस्तै प्रचण्डले निजी क्षेत्रलाई संरक्षण, प्रोत्साहन र लगानीको वातावरण बनाउन नसके मुलुक बिकास र समृद्धितर्फ अघि बढ्न नसक्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
लिचीबारी घुस प्रकरणः एमालेका तत्कालीन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन आदेश

लिचीबारी घुस प्रकरणः एमालेका तत्कालीन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन आदेश

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले सिधाकुरालाई बताए ।
गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छः मन्त्री सिन्हा

गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छः मन्त्री सिन्हा

नेपाल पर्यटन बोर्डको २७ औँ वार्षिकोत्सव समारोहलाई बुधबार कार्यक्रमलाई सम्बोधन गर्दै कानुन मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएका मन्त्री सिन्हाले नेपालको पर्यटनलाई विश्वस्तरमा पुर्‍याउनका लागि गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताएका...
भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी

भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी

भृकुटीमण्डपको बुधबार अवलोकनपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भनिन्, “कतिपय संरचनाको बक्यौता बाँकी छ भन्ने सुनेका थियौँ, त्यो समस्या बुधबार आफैँले थाहा पायौँ, बाँकी बक्यौता तिर्नका लागि आजै पत्र...
रास्वपाले भन्यो ‘समानुपातिक बन्द सूची सच्याउँछौँ सुझाव दिनुस्’

रास्वपाले भन्यो ‘समानुपातिक बन्द सूची सच्याउँछौँ सुझाव दिनुस्’

सो पार्टीको सचिवालयले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । समानुपातिक बन्द सूची पेश गर्ने अन्तिम समयसम्म राजनीतिक एकता र सहमतिका लाग्नुपर्दा हतारमा सूची पेश भएको...