नेभिगेशन
समाज

प्रहरीको भेषमा ठगी धन्दा गर्दै आएका दुई जना पक्राउ

काठमाडौँ । काठमाडौंका विभिन्न औषधि पसलहरूमा गई हामी लागु औषध ब्यूरोबाट खटि आएका प्रहरी हौं भन्दै डरत्रास देखाएर रकम असुली गर्ने दुई जना पक्राउ परेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा सिन्धुपाल्चोक नमोबुद्ध नगरपालिका–५ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका बस्दै आएका वर्ष ३७ का आकाश भन्ने नानि बावु लामा र दोलखाको मेलुङ गाउँपालिका ६ घर भइ हाल काठमाडौं महानगरपालिका–६ बस्ने वर्ष ३४ को प्रकाश तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

Ncell
Extreme Energy

उनीहरुले आफु लागुऔषध ब्यूरोबाट खटि आएका प्रहरी भएको भन्दै औषधि पसलको खानतलासी गर्नुका साथै पसलेलाई तपाइले लागु औषध तथा अवैध औषधिहरू बेच्नु भएको छ, हामी तपाइलाई नियन्त्रणमा लिन्छौं भन्दै डर त्रास देखाई रकम असुली गर्ने गरेको सुचनाका आधारमा बुधबार प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौं, गोकर्णेश्वर नगरपालिका ६ स्थित एक औषधी पसलबाट नियन्त्रणमा लिइ काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।
एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एसियाली विकास बैंक (एडीबी)का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोशवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग भेट गरेका छन् ।
भारी वर्षाको सम्भावना: गण्डकी बेसिनका जलविद्युत आयोजनामा उच्च सतर्कता

भारी वर्षाको सम्भावना: गण्डकी बेसिनका जलविद्युत आयोजनामा उच्च सतर्कता

असोज ९-११ गतेसम्मको भारी वर्षाको प्रक्षेपणपछि गण्डकी बेसिनमा पर्ने जलविद्युत आयोजनाहरुमा उच्च सतर्कता अपनाइएको छ ।
प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघ महासभामा ८ वटा महत्त्वपूर्ण विषय उठाएका छन् ।