नेभिगेशन
मुख्य समाचार

प्रहरीको भेषमा ठगी धन्दा गर्दै आएका दुई जना पक्राउ

काठमाडौँ । काठमाडौंका विभिन्न औषधि पसलहरूमा गई हामी लागु औषध ब्यूरोबाट खटि आएका प्रहरी हौं भन्दै डरत्रास देखाएर रकम असुली गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक नमोबुद्ध नगरपालिका–५ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका बस्दै आएका वर्ष ३७ का आकाश भन्ने नानि बावु लामा र दोलखाको मेलुङ गाउँपालिका ६ घर भइ हाल काठमाडौं महानगरपालिका–६ बस्ने वर्ष ३४ को प्रकाश तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

CG

उनीहरुले आफु लागुऔषध ब्यूरोबाट खटि आएका प्रहरी भएको भन्दै औषधि पसलको खानतलासी गर्नुका साथै पसलेलाई तपाइले लागु औषध तथा अवैध औषधिहरू बेच्नु भएको छ, हामी तपाइलाई नियन्त्रणमा लिन्छौं भन्दै डर त्रास देखाई रकम असुली गर्ने गरेको सुचनाका आधारमा बुधबार प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौं, गोकर्णेश्वर नगरपालिका ६ स्थित एक औषधी पसलबाट नियन्त्रणमा लिइ काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
लिचीबारी घुस प्रकरणः एमालेका तत्कालीन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन आदेश

लिचीबारी घुस प्रकरणः एमालेका तत्कालीन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन आदेश

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले सिधाकुरालाई बताए ।
गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छः मन्त्री सिन्हा

गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छः मन्त्री सिन्हा

नेपाल पर्यटन बोर्डको २७ औँ वार्षिकोत्सव समारोहलाई बुधबार कार्यक्रमलाई सम्बोधन गर्दै कानुन मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएका मन्त्री सिन्हाले नेपालको पर्यटनलाई विश्वस्तरमा पुर्‍याउनका लागि गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताएका...
भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी

भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी

भृकुटीमण्डपको बुधबार अवलोकनपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भनिन्, “कतिपय संरचनाको बक्यौता बाँकी छ भन्ने सुनेका थियौँ, त्यो समस्या बुधबार आफैँले थाहा पायौँ, बाँकी बक्यौता तिर्नका लागि आजै पत्र...
रास्वपाले भन्यो ‘समानुपातिक बन्द सूची सच्याउँछौँ सुझाव दिनुस्’

रास्वपाले भन्यो ‘समानुपातिक बन्द सूची सच्याउँछौँ सुझाव दिनुस्’

सो पार्टीको सचिवालयले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । समानुपातिक बन्द सूची पेश गर्ने अन्तिम समयसम्म राजनीतिक एकता र सहमतिका लाग्नुपर्दा हतारमा सूची पेश भएको...