नेभिगेशन
मुख्य समाचार

भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी

काठमाडौँ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्का संरचनाको बाँकी बक्यौता उठाउन व्यापारी तथा सङ्घसंस्थालाई तत्कालै पत्र काट्ने बताएकी छन् ।

भृकुटीमण्डपको बुधबार अवलोकनपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भनिन्, “कतिपय संरचनाको बक्यौता बाँकी छ भन्ने सुनेका थियौँ, त्यो समस्या बुधबार आफैँले थाहा पायौँ, बाँकी बक्यौता तिर्नका लागि आजै पत्र काट्दैछौँ ।”

CG

मन्त्री श्रेष्ठले भाडा सम्झौता नवीकरणका क्रममा समयानुकूल भाडादर तय गरिने स्पष्ट परेकी थिइन । उनले भनिन्, “सरकारी दरअनुसार सस्तो भाउमा नदिइकन, केही नाफा हुनेगरी भाडामा लगाउने हाम्रो सोच छ ।”

बक्यौता बाँकी भएकाको सूची तयार भइसकेको उनको भनाइ छ । व्यापारिक प्रयोजनका लागि भाडा लिइएकाबाट बक्यौता उठाउन सुरु गरिनेछ ।भृकुटीभण्डपका संरचनाको भाडासम्बन्धी विषयमा यसअघि समाजकल्याण परिषद्मा पनि छलफल भएको जानकारी दिँदै मन्त्री श्रेष्ठले बुधबार विस्तृतमा अवलोकन गरिएको बताइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
लिचीबारी घुस प्रकरणः एमालेका तत्कालीन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन आदेश

लिचीबारी घुस प्रकरणः एमालेका तत्कालीन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन आदेश

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले सिधाकुरालाई बताए ।
गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छः मन्त्री सिन्हा

गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छः मन्त्री सिन्हा

नेपाल पर्यटन बोर्डको २७ औँ वार्षिकोत्सव समारोहलाई बुधबार कार्यक्रमलाई सम्बोधन गर्दै कानुन मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएका मन्त्री सिन्हाले नेपालको पर्यटनलाई विश्वस्तरमा पुर्‍याउनका लागि गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताएका...
रास्वपाले भन्यो ‘समानुपातिक बन्द सूची सच्याउँछौँ सुझाव दिनुस्’

रास्वपाले भन्यो ‘समानुपातिक बन्द सूची सच्याउँछौँ सुझाव दिनुस्’

सो पार्टीको सचिवालयले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । समानुपातिक बन्द सूची पेश गर्ने अन्तिम समयसम्म राजनीतिक एकता र सहमतिका लाग्नुपर्दा हतारमा सूची पेश भएको...
चलचित्र विकास बोर्डलाई समावेशी बनाउन माग

चलचित्र विकास बोर्डलाई समावेशी बनाउन माग

सो अवसरमा समितिका सांसद राधेश्याम पासवानले सदियौँदेखि कला र संस्कृतिका क्षेत्रमा महत्वपूर्ण योगदान दिँदैआएका दलित समुदायको बोर्डमा प्रतिनिधित्व हुनुपर्ने धारणा व्यक्त गरेका थिए । उनले समावेशी भन्न र...