नेभिगेशन
समाज

गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छः मन्त्री सिन्हा

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले गुणस्तरीय पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल पर्यटन बोर्डको २७ औँ वार्षिकोत्सव समारोहलाई बुधबार कार्यक्रमलाई सम्बोधन गर्दै कानुन मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएका मन्त्री सिन्हाले नेपालको पर्यटनलाई विश्वस्तरमा पुर्‍याउनका लागि गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन ।

Ncell
Extreme Energy

नेपाल पर्यटन बोर्डको भूमिका अझै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री सिन्हाले विश्व परिवेश तीव्ररूपमा रुपान्तरित भइरहँदा नेपालले डिजिटल संलग्नता, गुणस्तरीय पर्यटन, दिगो अभ्यासहरू र उदयमान स्रोत बजारहरूलाई राष्ट्रिय प्राथमिकतासँग रणनीतिकरूपमा जोडेर अगाडि बढाउन जरुरी रहेको आवश्यकता औँल्याए ।

उनले हालसम्म नेपालको पर्यटनलाई जीवन्त बनाउने सबैप्रति आभार प्रकट गर्दै साझेदारीका साथ अघि बढ्न पनि अनुरोध गरे । कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले यही बोर्डको अनुभव र सिकाइमा आधारमा मन्त्रीको भूमिका निर्वाह गर्न आइपुगेको उल्लेख गर्दै सबैप्रति कृतज्ञता प्रकट गरे ।

उनले अहिले आफू फरक भूमिकामा रहेपनि पछि पुनःपर्यटन क्षेत्रमै जोडिएर काम गर्ने प्रतिबद्धता पनि जनाए । उनलाई  नेपाल पर्यटनन बोर्डले सम्मान समेत गरेको थियो ।

सो क्रममा मन्त्री श्रेष्ठले पर्यटन भनेको आगमन सङ्ख्याको गणना मात्रै नभई विश्वस्तरमा नेपालको सम्बन्धको विकास पनि रहेको बताएका थिए ।कार्यक्रममा नेपाल पर्यटन बोर्डका अध्यक्ष तथा पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपालको पर्यटनलाई गुणात्मक बनाउनुपर्नेमा जोड दिए ।

उनले स्थानीय तहको सहभागितामा लाभ सुनिश्चित हुने मोडलको पर्यटन विकास आजको आवश्यकता भएको बताउँदै सांस्कृति पर्यटनको विकास र प्रवर्द्धन जरुरी भएको बताए ।

कार्यक्रममा बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले सरकारले बोर्डलाई आवश्यक सहयोग नगरेको गुनासो गरे । कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले गएको एक वर्षमा झण्डै ११ लाख ६० हजारको हाराहारीमा पर्यटक भित्रिएको जानकारी दिए ।

उनका अनुसार यो अघिल्लो वर्षभन्दा ३ प्रतिशत बढी भएको पनि बताए । कार्यक्रममा बोर्डले नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाटा), होटल सङ्घ नेपाल (हान), नेपाल पर्वतारोहण सङ्घ, हिमालयन रेस्क्यू एसोसिएसन र प्यासफिक एसिया ट्राभल एसोसिएसनलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।