नेभिगेशन
समाज

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ । आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मोरङ जिल्ला अदालतका मुख्य न्यायाधीश भीष्मराज प्रसार्इंले बुधबार कार्यालयको शुभारम्भ गर्दै राष्ट्रियसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन कार्यक्रमबारे जानकारी गराए ।  

Ncell
Extreme Energy

आगामी माघ ११ गते हुने निर्वाचनका लागि स्थापना गरिएको कार्यालय निर्वाचन आयोगको  कार्यालय विराटनगरमा रहने निर्वाचन आयोगको कार्यालय कोशी प्रदेशका निमित्त प्रमुख चोलाराज दङ्गालले जानकारी दिए । 

निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रमअनुुुसार २०८२ पुस १९ गते बिहान १०ः०० देखि ११ः०० बजेसम्म मतदाता नामावली प्रकाशन हुने छ भने मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन÷उजुरीमाथि छानबिन गरी पुस २२ गते ३ः०० बजेदेखि ४ः०० बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

यसैगरी, पुस २३ गते बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, पुस २४ गते बिहान १०ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते बिहान १०ः०० देखि दिउँसो १ः०० वजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ः०० देखि २ः०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । 

यस्तै, पुस २८ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । विसं २०८२ माघ ११ गते बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यक्रम सम्पन्न हुनेछ ।  

कोशी प्रदेशमा महिलातर्फ एक, दलिततर्फ एक र अन्यतर्फ एकजना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।