नेभिगेशन
समाज

मुस्ताङमा सन् २०२५ मा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतभन्दा बढीले वृद्धि

मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सन् २०२५ मा समग्रमा गत वर्षभन्दा १८ दशमलव ७१ प्रतिशतले पर्यटकको आवागमन वृद्धि भएको जनाइएको छ ।  उक्त वर्षको जनवरीदेखि डिसेम्बर ३१ तारिखसम्म यहाँ कुल एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटक भित्रिएको एक्याप जोमसोम कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए । उनका अनुसार सन् २०२४ मा एक लाख ३५ हजार ७१९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । 

Ncell
Extreme Energy

गत वर्ष यहाँ आउने पर्यटकमध्ये सार्क राष्ट्रबाट एक लाख ३२ हजार ८४७ र अन्य राष्ट्रबाट २८ हजार २७५ जना रहेका छन् । त्यसअघि सार्क राष्ट्रबाट एक लाख नौ हजार ५४९ र अन्य राष्ट्रबाट २६ हजार १७० जना विदेशी पर्यटक यहाँ आएको तथ्याङ्क छ । 

एक्याप प्रमुख गुप्ताका अनुसार सन् २०२४ को अनुपातमा सन् २०२५ को १२ महिनाको अवधिमा  यहाँ सार्क राष्ट्रतर्फ २३ हजार २९८ र अन्य राष्ट्रबाट दुई हजार १०५ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको हो । यस हिसाबले सार्कतर्फ १७ दशमलव ५७ प्रतिशत र अन्य राष्ट्रतर्फ सात दशमलव ४४ प्रतिशत पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।

 हिमाली जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दो रहेको छ । यद्यपि, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको प्रभावका कारण अपेक्षा गरिएअनुरुपको विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुन नसकेको एक्याप प्रमुख गुप्ताको भनाइ छ । 

सन् २०२५ मा यहाँ करिब ३० प्रतिशत विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुने अनुमान गरिए पनि सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्यटक सङ्ख्या कम हुँदा अनुमानअनुसार पर्यटक वृद्धि हुन नसकेको हो । युवा आन्दोलनको असरले यहाँ सन् २०२४ को भन्दा सन् २०२५ को सेप्टेम्बरमा तीन हजार ६३८, अक्टोबरमा ८५४ र नोभेम्बरमा ७० जना विदेशी पर्यटक घटेका जनाइएको छ ।  

एक्याप प्रमुख गुप्ताले सन् २०२५ मा जनवरीदेखि अगस्त र डिसेम्बर अन्तिमसम्म पर्यटकको सङ्ख्या वृद्धि भएको बताए । 

यहाँ भ्रमण गर्नेमा बढी मात्रामा भारतीय पर्यटक रहेका छन् । एक्याप प्रमुख गुप्ताले यहाँ भित्रिएका पर्यटकमध्ये ८२ प्रतिशत सार्क राष्ट्र र १८ प्रतिशत अन्य मुलुकका रहेकामा सार्क राष्ट्रका कुल पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी भारतीय रहेको जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपा महाधिवेशनमा कांग्रेस सभापति थापा जाने

रास्वपा महाधिवेशनमा कांग्रेस सभापति थापा जाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुने भएका छन् ।महाधिवेशन उद्घाटन समारोहलाई थापाले सम्बोधन गर्नेछन्।
रास्वपाको राजधानीमा के भइरहेको छ ?

रास्वपाको राजधानीमा के भइरहेको छ ?

चितवन अहिले मुुलुकको राजनीतिको केन्द्रमा छ । मुलुकको राजनीतिको केन्द्रमा रहेको चितवनमा अहिले के भइरहेको छ भन्ने चासो सर्वत्र छ । यो चासो सिर्जना हुनुको कारण हो– राष्ट्रिय...
रास्वपा महाधिवेशनमा हर्क साम्पाङ नजाने,  प्रतिनिधि पनि नपठाउने

रास्वपा महाधिवेशनमा हर्क साम्पाङ नजाने, प्रतिनिधि पनि नपठाउने

रास्वपाले आफ्नो महाधिवेशनमा सहभागी भई शुभकामना दिन श्रम संस्कतिका अध्यक्ष हर्क साम्पाङलाई निम्तो दिएको थियो । निम्तो पाएलगत्तै अध्यक्ष साम्पाङले फेसबुकमार्फत प्रधानमन्त्रीले दिएको सीमासम्बन्धी अभिव्यक्तिमा रास्वपाले आफ्नो धारणा...
पौडी खेल्ने क्रममा डुबेर ३ जनाको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर ३ जनाको मृत्यु

सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० की १४ वर्षीया सम्झना थापा र १२ वर्षीया कल्पना रावतको शनिबार साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो...