नेभिगेशन
समाज

प्रहरीको गोली लागेर स्थानीयको मृत्युपछि सुनसरी तनाव ग्रस्त

काठमाडौँ । सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरूले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी पनि गरेका छन् । नेपाल भारत दशगजा क्षेत्रमा चोरी तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनालाई लिएर स्थानीय आक्रोशित भनेका हुन ।

Ncell
Extreme Energy

मृतक साह भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायत सामग्री लिएर फर्कदै गर्दा घर नजिकै उनीमाथि सशस्त्र प्रहरीले दुई राउण्ड गोली चलाएको थियो । घटनापछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्गमा पर्ने लौकही खण्ड अवरुद्ध गरेका हुन ।

स्थानीयले शव नै सडकमा राखेर अहिले प्रदर्शन गरिरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार स्थानीयले गरेको प्रदर्शनका कारण ठुला सवारी साधन चल्न सकेका छैनन् । भने मोटरसाइकल मात्रै आवात–जावत भइरहेको छ ।

घटनापछि स्थानीय र प्रहरीबीच आजबिहान वार्ता भएपनि सहमति जुट्न नसकेपछि उनीहरुले प्रदर्शन जारी राखेका छन् । दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेनले मलेसियाका प्रधानमन्त्रीलाई भने– वैदेशिक रोजगारीमा बिचौलिया र सिन्डिकेट हटाऔं

प्रधानमन्त्री बालेनले मलेसियाका प्रधानमन्त्रीलाई भने– वैदेशिक रोजगारीमा बिचौलिया र सिन्डिकेट हटाऔं

प्रधानमन्त्री बालेन शाहले मलेसियामा नेपालीहरुको रोजगारीमा व्याप्त बिचौलिया र सिन्डिकेट हटाउन आग्रह गरेका छन् ।
नसुध्रेका दुई पात्रः  देउवा र ओली

नसुध्रेका दुई पात्रः देउवा र ओली

ओली र देउवाले देश, जनता र आफ्ना कार्यकर्ताबाट पाउन अब बाँकी छैन । पटक पटक प्रधानमन्त्री, पटक पटक पार्टीको नेतृत्व । पार्टीका कार्यकर्ता र देशबाटै यति धेरै अवसर...
परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।
पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य रुपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरुलाई पुनः ताकेता गरेको छ ।