नेभिगेशन
मुख्य समाचार

करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका बिहीबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि पूर्ण रूपमा बन्द भएको उक्त नाका बिहीबार बिहानदेखि सञ्चालनमा आएको हो ।

CG

नाका सञ्चालनका लागि चीन सरकारले ९१ मिटर लम्बाइको बेलिब्रिज निर्माण गरेपश्चात् सवारीसाधन सञ्चालनमा आएका उनले जानकारी दिए ।उनका अनुसार पुलको भारवहन क्षमता ५५ टन बराबर रहेको छ ।

केरूङ नाका खुलेपश्चात् चिनियाँ सामान आयातका लागि आठ वटा नेपाली कन्टेनर मितेरी पुल पार गरी केरूङतर्फ प्रस्थान गरिसकेका जनाउँदै सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले केही सवारीसाधन त्यसतर्फ जानका लागि तयारी अवस्थामा रहेका बताए ।

सामान आयातको करबाट सङ्कलन हुने राजस्व गत वर्षको तुलनामा चालु आर्थिक वर्षको हालसम्म रु २२ अर्बभन्दा बढी नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।

स्याफ्रुबेँसी–सुवागढी खण्डको सडक जीर्ण हुँदा मालवाहक सवारीसाधन सञ्चालनमा समस्या हुनुका साथै सम्भावित दुर्घटना न्यूनीकरण गरी जनधनको सुरक्षामा विशेष ध्यानदिन सरोकार भएका निकायलाई आग्रह गरिएको सवारी चालक रसुवा यार्साका सुकु तामाङले बताए ।

गत असार २४ गतेको बाढीले दर्जनौँ स्थानका सडक कटान गरी गल्छी–रसुवागढी सडक सुधार आयोजनाले मर्मत गरे पनि सडकको ट्र्याक खोल्ने काम मात्र भएको थियो ।

उक्त समयमा टेवा पर्खाल मजबुत बनाउन नसक्दा सवारीसाधन सञ्चालनमा जोखिम बन्दै गएपछि सवारीचालकहरूले समस्या समाधानका लागि आग्रह गरेका हुन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नक्कली नोटसहित काठमाडौँबाट ६ जना पक्राउ

नक्कली नोटसहित काठमाडौँबाट ६ जना पक्राउ

बुधबार राती नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीसंयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको...
एमाले अध्यक्ष ओलीलाई बयानका लागि पत्र काट्ने जाँचबुझ आयोगको तयारी

एमाले अध्यक्ष ओलीलाई बयानका लागि पत्र काट्ने जाँचबुझ आयोगको तयारी

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहिर सञ्चारकर्मीसंगको कुराकानीमा जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेनजी आन्दोलनको बिषयमा एमाले अध्यक्ष ओलीलाई बयानका लागि बोलाउन पत्र काट्ने तयारी भइरहेको बताएका हुन...
जनमत पार्टीले धोती दिवास मनायो

जनमत पार्टीले धोती दिवास मनायो

आ–आफ्ना मौलिकता झल्किने धोती, कुर्ता आदि पोसाक लगाएर धोती दिवस मनाउन जनमतका नेताहरु लगाएत माइतिघरमा सहभागी भएका थिए ।
गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिद्वारा काठमाडौंमा प्रदर्शन

गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिद्वारा काठमाडौंमा प्रदर्शन

गैरन्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको भन्दै खारेज गर्नुपर्ने मागका साथ समितिको अगुवाइमा बिहीबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरिएको हो ।