नेभिगेशन
मुख्य समाचार

‘नेपाली टोपीः हाम्रो पहिचान’ नारासहित राष्ट्रिय पोसाक र टोपी दिवस मनाइयो

काठमाडौँ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नारासहित काठमाडौंमा राष्ट्रिय पोसाक र टोपी दिवस मनाइको छ ।

बिहीबार जनवरी १, सन् २०२६ का दिन राष्ट्रिय पोसाक र टोपी दिवस देशभर विभिन्न कार्यक्रमसहित मनाइएको छ । यस वर्ष ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ १३औँ राष्ट्रिय पोसाक र टोपी दिवस विभिन्न युवा संस्थाहरूको आयोजनामा काठमाडौंको वसन्तपुरमा मनाइएको हो ।

CG

कार्यक्रममा सहभागीहरूले नेपाली दौरा–सुरुवाल, ढाका टोपी र गुन्यु–चोली लगाएर नाचगान गर्दै एक–अर्काबीच शुभकामना आदान–प्रदान गरेका छन् ।

नेपाली पहिचानका प्रतीक दौरा–सुरुवाल, ढाका टोपी र गुन्यु–चोलीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले वि.सं. २०७० देखि सुरु गरिएको यो अभियान हरेक वर्ष जनवरी १ तारिखमा मनाइँदै आएको छ । पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालमार्फत यसको व्यापक प्रचार–प्रसार भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सन् २०२५ मा १२८ पत्रकारको हत्या

सन् २०२५ मा १२८ पत्रकारको हत्या

तीमध्ये आधाभन्दा बढी मध्यपूर्वमा भएको हो । आइएफजेका महासचिव एन्थोनी बेलाङ्गरले भने, “सन् २०२४ भन्दा बढेको यो सङ्ख्या केवल तथ्याङ्क मात्र होइन, यो हाम्रा सहकर्मीहरूका लागि विश्वव्यापी रेड...
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक

सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार प्रधानमन्त्री सुशीला कार्की र अभियानका संयोजक दुर्गा प्रसाईं पक्षबीच भएको वार्तामा सम्भव हुने किसिमका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री खरेलले जानकारी...
स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्चबाट सदर

स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्चबाट सदर

स्वर्णलक्ष्मि सहकारी प्रकरणमा रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्च अदालतबाट बाट सदर
समानुपातिक बन्द सूचीमा असन्तुष्टि जनाउँदै पार्टी कार्यालय पुगे काँग्रेस कार्यकर्ता

समानुपातिक बन्द सूचीमा असन्तुष्टि जनाउँदै पार्टी कार्यालय पुगे काँग्रेस कार्यकर्ता

प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको बन्दसूची ललितपुरबाट एकजनालाई पनि समावेश नगरिएको भन्दै कांग्रेस ललितपुरका तीनवटै क्षेत्रिका सभापतिहरुले बिहीबार पार्टी कार्यालय सानेपामा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।