नेभिगेशन
समाज

गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौँ । गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गैरन्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको भन्दै खारेज गर्नुपर्ने मागका साथ समितिको अगुवाइमा बिहीबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरिएको हो ।

Ncell
Extreme Energy

प्रदर्शनकारीहरुले भूमि हाम्रो प्राण हो, गैरन्यायिक रुपमा खोला तथा सडक मापदण्ड खारेज गर, स्थानीयलाई उठिबास लगाउन पाइदैन लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सडक तथा खोला मापदण्डका नाममा ८४ हजार भन्दा बढि घरधुरीको उठिवास लाग्ने अवस्था आएकोले विरोध प्रदर्शन गर्नुपरेको समितिले जनाएको छ । २०८० साल पुस ३ गते सर्वोच्च अदालतले २० मिटर मापदण्ड तोकेर ४० मिटर दाँयाबाँया कायम गर्न आदेश दिएको थियो ।

मापदण्ड निर्धारण गर्ने सरकारको निर्णय अनुसार नै पीडित रहेको अवस्थामा पछि सर्वोच्चको फैसलाले थप आफूहरु पीडामा परेको भन्दै उक्त फैसला कार्यान्वयन गर्न नदिन दबाब सिर्जना गरिएको अभियन्ता राजाराम तण्डुकारले बताए । समितिले २०६५ मंसिर १ गते सरकारले जारी गरेको खोला मापदण्ड समेत खारेज हुनुपर्ने माग गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघ महासभामा ८ वटा महत्त्वपूर्ण विषय उठाएका छन् ।
पहिरोले बिपी राजमार्ग अवरुद्ध

पहिरोले बिपी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ ।
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।