नेभिगेशन
मुख्य समाचार

गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौँ । गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ ।

गैरन्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको भन्दै खारेज गर्नुपर्ने मागका साथ समितिको अगुवाइमा बिहीबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरिएको हो ।

CG

प्रदर्शनकारीहरुले भूमि हाम्रो प्राण हो, गैरन्यायिक रुपमा खोला तथा सडक मापदण्ड खारेज गर, स्थानीयलाई उठिबास लगाउन पाइदैन लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सडक तथा खोला मापदण्डका नाममा ८४ हजार भन्दा बढि घरधुरीको उठिवास लाग्ने अवस्था आएकोले विरोध प्रदर्शन गर्नुपरेको समितिले जनाएको छ । २०८० साल पुस ३ गते सर्वोच्च अदालतले २० मिटर मापदण्ड तोकेर ४० मिटर दाँयाबाँया कायम गर्न आदेश दिएको थियो ।

मापदण्ड निर्धारण गर्ने सरकारको निर्णय अनुसार नै पीडित रहेको अवस्थामा पछि सर्वोच्चको फैसलाले थप आफूहरु पीडामा परेको भन्दै उक्त फैसला कार्यान्वयन गर्न नदिन दबाब सिर्जना गरिएको अभियन्ता राजाराम तण्डुकारले बताए । समितिले २०६५ मंसिर १ गते सरकारले जारी गरेको खोला मापदण्ड समेत खारेज हुनुपर्ने माग गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक

सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार प्रधानमन्त्री सुशीला कार्की र अभियानका संयोजक दुर्गा प्रसाईं पक्षबीच भएको वार्तामा सम्भव हुने किसिमका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री खरेलले जानकारी...
स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्चबाट सदर

स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्चबाट सदर

स्वर्णलक्ष्मि सहकारी प्रकरणमा रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्च अदालतबाट बाट सदर
समानुपातिक बन्द सूचीमा असन्तुष्टि जनाउँदै पार्टी कार्यालय पुगे काँग्रेस कार्यकर्ता

समानुपातिक बन्द सूचीमा असन्तुष्टि जनाउँदै पार्टी कार्यालय पुगे काँग्रेस कार्यकर्ता

प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको बन्दसूची ललितपुरबाट एकजनालाई पनि समावेश नगरिएको भन्दै कांग्रेस ललितपुरका तीनवटै क्षेत्रिका सभापतिहरुले बिहीबार पार्टी कार्यालय सानेपामा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
नक्कली नोटसहित काठमाडौँबाट ६ जना पक्राउ

नक्कली नोटसहित काठमाडौँबाट ६ जना पक्राउ

बुधबार राती नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीसंयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको...