नेभिगेशन
समाज

नक्कली नोटसहित काठमाडौँबाट ६ जना पक्राउ

काठमाडौँ । नेपाली नक्कली नोटसहित काठमाडौँबाट ६ जना पक्राउ परेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार राती नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीसंयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

Ncell
Extreme Energy

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–२ घर भइ हाल काठमाडौंको शंखरापुर नगरपालिका–४ साँखु बस्दै आएका दावा नोर्वु शेर्पा र पासाङ शेर्पा, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ घर भइ हाल काठमाडौंको शंखरापुर नगरपालिका–४ साँखु बस्ने प्रकाश गुरुङ, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भइ हाल काठमाडौँ–६ बस्ने रेणुका भारती, सिन्धुपाल्चोककै बलेफी गाउँपालिका–२ घर भइ हाल काठमाडौँ–६ बस्ने गोकर्ण थापा र काठमाडौंको शंखरापुर नगरपालिका–३ बस्दै आएका सुक बहादुर स्याङ्बो रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोक स्थितबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा एक हजार दरका त्रियानब्बे थान नक्कली नोट फेला परेको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघ महासभामा ८ वटा महत्त्वपूर्ण विषय उठाएका छन् ।
पहिरोले बिपी राजमार्ग अवरुद्ध

पहिरोले बिपी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ ।
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।