नेभिगेशन
मुख्य समाचार

नक्कली नोटसहित काठमाडौँबाट ६ जना पक्राउ

काठमाडौँ । नेपाली नक्कली नोटसहित काठमाडौँबाट ६ जना पक्राउ परेका छन् ।

बुधबार राती नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीसंयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

CG

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–२ घर भइ हाल काठमाडौंको शंखरापुर नगरपालिका–४ साँखु बस्दै आएका दावा नोर्वु शेर्पा र पासाङ शेर्पा, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ घर भइ हाल काठमाडौंको शंखरापुर नगरपालिका–४ साँखु बस्ने प्रकाश गुरुङ, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भइ हाल काठमाडौँ–६ बस्ने रेणुका भारती, सिन्धुपाल्चोककै बलेफी गाउँपालिका–२ घर भइ हाल काठमाडौँ–६ बस्ने गोकर्ण थापा र काठमाडौंको शंखरापुर नगरपालिका–३ बस्दै आएका सुक बहादुर स्याङ्बो रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोक स्थितबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा एक हजार दरका त्रियानब्बे थान नक्कली नोट फेला परेको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तत्कालीन गृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा

तत्कालीन गृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा

आयोगले आज गृह मन्त्रालयलाई पत्र लेखी लेखकको भ्रमण फुकुवाको जानकारी गराएको छ । आयोगले सो पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र मन्त्रालय,...
सन् २०२५ मा १२८ पत्रकारको हत्या

सन् २०२५ मा १२८ पत्रकारको हत्या

तीमध्ये आधाभन्दा बढी मध्यपूर्वमा भएको हो । आइएफजेका महासचिव एन्थोनी बेलाङ्गरले भने, “सन् २०२४ भन्दा बढेको यो सङ्ख्या केवल तथ्याङ्क मात्र होइन, यो हाम्रा सहकर्मीहरूका लागि विश्वव्यापी रेड...
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक

सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार प्रधानमन्त्री सुशीला कार्की र अभियानका संयोजक दुर्गा प्रसाईं पक्षबीच भएको वार्तामा सम्भव हुने किसिमका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री खरेलले जानकारी...
स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्चबाट सदर

स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्चबाट सदर

स्वर्णलक्ष्मि सहकारी प्रकरणमा रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्च अदालतबाट बाट सदर