नेभिगेशन
समाज

समानुपातिक बन्द सूचीमा असन्तुष्टि जनाउँदै पार्टी कार्यालय पुगे काँग्रेस कार्यकर्ता

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीप्रति ललितपुर कांग्रेसका तीनवटै क्षेत्रले असन्तुष्टि जनाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको बन्दसूची ललितपुरबाट एकजनालाई पनि समावेश नगरिएको भन्दै कांग्रेस ललितपुरका तीनवटै क्षेत्रिका सभापतिहरुले बिहीबार पार्टी कार्यालय सानेपामा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

Ncell
Extreme Energy

उनीहरुले सूची संशोधन गर्ने म्यादभित्र ललितपुरबाट कम्तिमा प्रत्येक क्षेत्रबाट एकजनाको दरले तीनजनाको नाम सिफारिस गर्न माग गरेका छन् । आफ्नो मागको सुनुवाई नभए ललितपुरको तीनवटै निर्वाचन क्षेत्रमा समानुपातिक मत घट्न गएमा जिम्मेवार नहुने चेतावनी दिएका छन् ।

असन्तुष्ट समूहको ध्यानाकर्षण बुझ्दै कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले ध्यानाकर्षणका बिषयमा पार्टी नेतृत्वलाई जानकारी गराइने बताए । उनले पार्टीको महाधिवेशनको तयारीका बीच हतारमा समानुपातिक सूची बनाउदा केहि कमजोरी भएको हुन सक्ने भन्दै यसका कारण आगामी निर्वाचन पार्टीको भूमिकालाई कमजोर हुने काम नगर्न आग्रह गरे ।

कांग्रेस ललितपुरका तीन वटै क्षेत्रका सभापतिले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा आफुहरुले राखेको बिषयमा कांग्रेस जिल्ला कार्यसमितिको पनि समर्थन रहेको जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघ महासभामा ८ वटा महत्त्वपूर्ण विषय उठाएका छन् ।
पहिरोले बिपी राजमार्ग अवरुद्ध

पहिरोले बिपी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ ।
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।