नेभिगेशन
मुख्य समाचार

समानुपातिक बन्द सूचीमा असन्तुष्टि जनाउँदै पार्टी कार्यालय पुगे काँग्रेस कार्यकर्ता

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीप्रति ललितपुर कांग्रेसका तीनवटै क्षेत्रले असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको बन्दसूची ललितपुरबाट एकजनालाई पनि समावेश नगरिएको भन्दै कांग्रेस ललितपुरका तीनवटै क्षेत्रिका सभापतिहरुले बिहीबार पार्टी कार्यालय सानेपामा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

CG

उनीहरुले सूची संशोधन गर्ने म्यादभित्र ललितपुरबाट कम्तिमा प्रत्येक क्षेत्रबाट एकजनाको दरले तीनजनाको नाम सिफारिस गर्न माग गरेका छन् । आफ्नो मागको सुनुवाई नभए ललितपुरको तीनवटै निर्वाचन क्षेत्रमा समानुपातिक मत घट्न गएमा जिम्मेवार नहुने चेतावनी दिएका छन् ।

असन्तुष्ट समूहको ध्यानाकर्षण बुझ्दै कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले ध्यानाकर्षणका बिषयमा पार्टी नेतृत्वलाई जानकारी गराइने बताए । उनले पार्टीको महाधिवेशनको तयारीका बीच हतारमा समानुपातिक सूची बनाउदा केहि कमजोरी भएको हुन सक्ने भन्दै यसका कारण आगामी निर्वाचन पार्टीको भूमिकालाई कमजोर हुने काम नगर्न आग्रह गरे ।

कांग्रेस ललितपुरका तीन वटै क्षेत्रका सभापतिले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा आफुहरुले राखेको बिषयमा कांग्रेस जिल्ला कार्यसमितिको पनि समर्थन रहेको जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तत्कालीन गृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा

तत्कालीन गृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा

आयोगले आज गृह मन्त्रालयलाई पत्र लेखी लेखकको भ्रमण फुकुवाको जानकारी गराएको छ । आयोगले सो पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र मन्त्रालय,...
सन् २०२५ मा १२८ पत्रकारको हत्या

सन् २०२५ मा १२८ पत्रकारको हत्या

तीमध्ये आधाभन्दा बढी मध्यपूर्वमा भएको हो । आइएफजेका महासचिव एन्थोनी बेलाङ्गरले भने, “सन् २०२४ भन्दा बढेको यो सङ्ख्या केवल तथ्याङ्क मात्र होइन, यो हाम्रा सहकर्मीहरूका लागि विश्वव्यापी रेड...
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक

सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार प्रधानमन्त्री सुशीला कार्की र अभियानका संयोजक दुर्गा प्रसाईं पक्षबीच भएको वार्तामा सम्भव हुने किसिमका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री खरेलले जानकारी...
स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्चबाट सदर

स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्चबाट सदर

स्वर्णलक्ष्मि सहकारी प्रकरणमा रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्च अदालतबाट बाट सदर