नेभिगेशन
मुख्य समाचार

सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक भएको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार प्रधानमन्त्री सुशीला कार्की र अभियानका संयोजक दुर्गा प्रसाईं पक्षबीच भएको वार्तामा सम्भव हुने किसिमका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री खरेलले जानकारी दिए । दुवै पक्षबीच मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि कायम गर्ने सन्र्दभमा सहमति भएको उनको भनाइ छ ।

CG

“वार्ता सकारात्मक छ । संविधान र कानुनअन्तर्गत रहेर उहाँहरुको कति माग अहिलेको सरकारले र कति माग आगामी सरकारले पूरा गर्न सक्छ, उहाँहरुको मागबारे  केस्रा केस्रा छलफल भएको छ”, उनले भने, “सरकारको दायरा र जिम्मेवारी अन्तर्गत रहेर माग पूरा गर्न सरकार प्रतिबद्ध छ ।”
    
वार्तामा प्रधानमन्त्री कार्कीले अभियानका मागहरु गम्भीर चासोका साथ लिएकी थिइन भने संयोजक प्रसाईंले अभियानको मागप्रति सरकारको ध्यानार्कषण गराएको जनाइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तत्कालीन गृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा

तत्कालीन गृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा

आयोगले आज गृह मन्त्रालयलाई पत्र लेखी लेखकको भ्रमण फुकुवाको जानकारी गराएको छ । आयोगले सो पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र मन्त्रालय,...
सन् २०२५ मा १२८ पत्रकारको हत्या

सन् २०२५ मा १२८ पत्रकारको हत्या

तीमध्ये आधाभन्दा बढी मध्यपूर्वमा भएको हो । आइएफजेका महासचिव एन्थोनी बेलाङ्गरले भने, “सन् २०२४ भन्दा बढेको यो सङ्ख्या केवल तथ्याङ्क मात्र होइन, यो हाम्रा सहकर्मीहरूका लागि विश्वव्यापी रेड...
स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्चबाट सदर

स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्चबाट सदर

स्वर्णलक्ष्मि सहकारी प्रकरणमा रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्च अदालतबाट बाट सदर
समानुपातिक बन्द सूचीमा असन्तुष्टि जनाउँदै पार्टी कार्यालय पुगे काँग्रेस कार्यकर्ता

समानुपातिक बन्द सूचीमा असन्तुष्टि जनाउँदै पार्टी कार्यालय पुगे काँग्रेस कार्यकर्ता

प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको बन्दसूची ललितपुरबाट एकजनालाई पनि समावेश नगरिएको भन्दै कांग्रेस ललितपुरका तीनवटै क्षेत्रिका सभापतिहरुले बिहीबार पार्टी कार्यालय सानेपामा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।