नेभिगेशन
मुख्य समाचार

समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैनः महिला अधिकारकर्मी

काठमाडौँ । महिला अधिकारकर्मीले संविधानको भावनाअनुरुप समानुपातिक समावेशी अधिकार सुनिश्चित हुनुपर्ने माग गरेका छन् । महिला अधिकारका लागि दबाब अभियानले शुक्रबार माइतिघर मण्डलामा दबाबका लागि र्‍यालीसहित अधिकारको माग गरिएको हो ।

त्यस क्रममा माइतिघर मण्डलाबाट सुरु भएको  र्‍याली बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था धनि र सम्पन्नशाली व्यक्तिका लागि नभइ सीमान्तकृत, महिला, दलित, जनजाति र पछाडि पारिएका समुदायको अधिकारका लागि रहेको भन्दै विरोध जनाइएको थियो ।

CG

सहभागी महिलाहरूले संविधानप्रदत्त समानुपातिक समावेशी अधिकारको पालना, दण्डहीनताको अन्त्य, नेतृत्वमा महिला सहभागितालगायत विषयमा लेखिएका ‘प्ले कार्ड’ सहित प्रदर्शन गरेका थिए ।

कोणसभामा गैरसरकारी संस्था महासङघका वरिष्ठ उपाध्यक्ष नानीमाया थापाले विगतमा पनि राजनीतिक पार्टीले समानुपातिक उम्मेदवारमा धनाड्य, आफन्त र पहुँचवालालाई स्थान दिने गरेको भन्दै यसपटक नयाँ पार्टीहरूले पनि चर्चित र सम्पन्न व्यक्तिलाई नै समानुपातिकमा नाम राखेकामा विरोध जनाएकी थिइन ।

उनले जनताले सडकबाट सङ्घर्ष गरेर संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्न बाध्य पारेको सन्दर्भ उल्लेख गर्दै यसको दुरुपयोग नगर्न चेतावनी दिए । “समानुपातिक कोटामा हुनेखाने र आफ्ना मान्छे राख्न पाइँदैन”, थापाले भनिन्,“त्यस्ता सूचीमा राखिएका व्यक्तिको नाम तुरुन्तै हटाउन हाम्रो आग्रह छ ।”

कोणसभामा जेनजी पुस्ताका अगुवा नेता मोनिका निरौलाले संविधानप्रदत्त अधिकारको सही प्रयोग गर्न राजनीतिक दल सचेत हुनुपर्नेमा जोड दिइन । उनले समानुपातिक अधिकार सीमान्तकृत समुदायकै हुने भएकाले यसमा नेताहरूले आँखा नलाउन खबरदारी गरिन । सभामा दबाब र खबरदारी अभियान निरन्तर जारी राख्ने  जनाइएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
किमकी छोरी जु ए उत्तराधिकारीका रुपमा आउने सङ्केत

किमकी छोरी जु ए उत्तराधिकारीका रुपमा आउने सङ्केत

नयाँ वर्षको दिन बिहीबार सम्पन्न उक्त भ्रमणले उत्तर कोरियाको सत्ता राजनीतिमा नयाँ सङ्केत दिएको बताइएको छ । करिब १३ वर्षकी किम जु ए नाम भएकी किशोरीले प्योङयाङस्थित कुमसुसन...
कतार सरकारद्वारा १३ नेपाली नागरिकलाई आममाफी

कतार सरकारद्वारा १३ नेपाली नागरिकलाई आममाफी

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय दिवस र अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा कतार सरकारले १३ नेपाली कैदीलाई आममाफी दिएकाप्रति कतार सरकारप्रति आभार प्रकट गरेको छ ।
‘अर्चनाकृत रामायण’की लेखिका झा ‘राष्ट्रिय धरोहर नारीरत्न’ बाट सम्मानित

‘अर्चनाकृत रामायण’की लेखिका झा ‘राष्ट्रिय धरोहर नारीरत्न’ बाट सम्मानित

मैथिली भाषामा लेखिएको ‘अर्चनाकृत रामायण’ जस्तो महत्वपूर्ण कृति सार्वजनिक गरी मुलुकको धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षणसहित जनचेतना जगाउन विशेष भूमिका निर्वाह गरेबापत उनलाई सम्मान गरिएको हो ।
सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

तथ्याङ्कअनुसार गत डिसेम्बरको एक महिनामा मात्र ९८ हजार १९० पर्यटक नेपाल आएका थिए । उक्त महिनामा छिमेकी मुलुक भारतबाट ३० हजार ९३, चीनबाट आठ हजार ६८०, अमेरिकाबाट छ...