नेभिगेशन
मुख्य समाचार

कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा पौष २७ र २८ गते विशेष महाधिवशेन गर्न माग

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरुले पार्टीको विधान बमोजिम पौष २७ र २८ गते विशेष महाधिवशेन गर्न माग गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टीको पूर्वघोषित नियमित महाधिवेशनका कार्यतालिकाका कार्यक्रम स्थगीत भइसकेको अवस्थामा विधान बमोजिम पौष २७ र २८ गते विशेष महाधिवशेन गर्न माग गरेका हुन् ।

CG

असोज २९ गते विधान बमोजिम देशभरका ५४ प्रतिशतभन्दा बढि महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्दैै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका थिए ।

विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकारले पौष २७ र २८ गते विशेष महाधिवशेन गर्न माग गरिएको कांग्रेस महाधिवेशन प्रतिनिधि सुवास पोखरेलले बताए ।

विशेष महाधिवशेनको माग कसैको जित र हारको रूपमा नलिई पार्टीको एकता कायम राख्न तथा पार्टीको आन्तरिक लोकतन्त्र जोगाउँदै जनताप्रति जवाफदेही बन्ने अवसरको रूपमा ग्रहण गर्नुपर्ने उनले उल्लेख गरे ।

उनले हस्ताक्षर बुझाएको तीन महिनाभित्रै विशेष महाधिवशेन गर्नुपनेृ विधानको बाध्यकारी व्यवस्थानको पालना गर्नु पार्टी नेतृत्वको जिम्मेवारी भएको बताए ।

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य देवराज चालिसेले विधानमा भएको व्यवस्था अनुसार आफुहरुले विशेष महाधिवशेन माग गरेको भन्दै नेतृत्वले त्यसलाई स्वीकार गर्ने बताए ।

उनले अहिले पार्टीलाई एकताबद्ध गर्नुपर्ने भन्दै नेतृत्वबाट पार्टीलाई कमजोर बनाउने काम नहुने जिकिर गरे । लोकतन्त्रमा विधि र प्रक्रिया महत्वपूर्ण हुने भएकाले बहुमत वा विधान मान्दिन भन्ने सुविधा कसैलाई नरहेको उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
किमकी छोरी जु ए उत्तराधिकारीका रुपमा आउने सङ्केत

किमकी छोरी जु ए उत्तराधिकारीका रुपमा आउने सङ्केत

नयाँ वर्षको दिन बिहीबार सम्पन्न उक्त भ्रमणले उत्तर कोरियाको सत्ता राजनीतिमा नयाँ सङ्केत दिएको बताइएको छ । करिब १३ वर्षकी किम जु ए नाम भएकी किशोरीले प्योङयाङस्थित कुमसुसन...
कतार सरकारद्वारा १३ नेपाली नागरिकलाई आममाफी

कतार सरकारद्वारा १३ नेपाली नागरिकलाई आममाफी

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय दिवस र अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा कतार सरकारले १३ नेपाली कैदीलाई आममाफी दिएकाप्रति कतार सरकारप्रति आभार प्रकट गरेको छ ।
‘अर्चनाकृत रामायण’की लेखिका झा ‘राष्ट्रिय धरोहर नारीरत्न’ बाट सम्मानित

‘अर्चनाकृत रामायण’की लेखिका झा ‘राष्ट्रिय धरोहर नारीरत्न’ बाट सम्मानित

मैथिली भाषामा लेखिएको ‘अर्चनाकृत रामायण’ जस्तो महत्वपूर्ण कृति सार्वजनिक गरी मुलुकको धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षणसहित जनचेतना जगाउन विशेष भूमिका निर्वाह गरेबापत उनलाई सम्मान गरिएको हो ।
सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

तथ्याङ्कअनुसार गत डिसेम्बरको एक महिनामा मात्र ९८ हजार १९० पर्यटक नेपाल आएका थिए । उक्त महिनामा छिमेकी मुलुक भारतबाट ३० हजार ९३, चीनबाट आठ हजार ६८०, अमेरिकाबाट छ...