नेभिगेशन
समाज

कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा पौष २७ र २८ गते विशेष महाधिवशेन गर्न माग

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरुले पार्टीको विधान बमोजिम पौष २७ र २८ गते विशेष महाधिवशेन गर्न माग गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टीको पूर्वघोषित नियमित महाधिवेशनका कार्यतालिकाका कार्यक्रम स्थगीत भइसकेको अवस्थामा विधान बमोजिम पौष २७ र २८ गते विशेष महाधिवशेन गर्न माग गरेका हुन् ।

Ncell
Extreme Energy

असोज २९ गते विधान बमोजिम देशभरका ५४ प्रतिशतभन्दा बढि महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्दैै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका थिए ।

विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकारले पौष २७ र २८ गते विशेष महाधिवशेन गर्न माग गरिएको कांग्रेस महाधिवेशन प्रतिनिधि सुवास पोखरेलले बताए ।

विशेष महाधिवशेनको माग कसैको जित र हारको रूपमा नलिई पार्टीको एकता कायम राख्न तथा पार्टीको आन्तरिक लोकतन्त्र जोगाउँदै जनताप्रति जवाफदेही बन्ने अवसरको रूपमा ग्रहण गर्नुपर्ने उनले उल्लेख गरे ।

उनले हस्ताक्षर बुझाएको तीन महिनाभित्रै विशेष महाधिवशेन गर्नुपनेृ विधानको बाध्यकारी व्यवस्थानको पालना गर्नु पार्टी नेतृत्वको जिम्मेवारी भएको बताए ।

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य देवराज चालिसेले विधानमा भएको व्यवस्था अनुसार आफुहरुले विशेष महाधिवशेन माग गरेको भन्दै नेतृत्वले त्यसलाई स्वीकार गर्ने बताए ।

उनले अहिले पार्टीलाई एकताबद्ध गर्नुपर्ने भन्दै नेतृत्वबाट पार्टीलाई कमजोर बनाउने काम नहुने जिकिर गरे । लोकतन्त्रमा विधि र प्रक्रिया महत्वपूर्ण हुने भएकाले बहुमत वा विधान मान्दिन भन्ने सुविधा कसैलाई नरहेको उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पहिरोले बिपी राजमार्ग अवरुद्ध

पहिरोले बिपी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ ।
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।
भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

नेपालमा जारी वर्षा, सम्भावित बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा सडक यातायात नराम्ररी प्रभावित भएको छ ।