नेभिगेशन
समाज

सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२५ मा विभिन्न मुलुक हुँदै उक्त सङ्ख्यामा पर्यटक नेपाल भित्रिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सन् २०२४ मा भने ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२५ मा अघिल्लो वर्षको तुलनामा केही सङ्ख्या बढेको छ, जसमा छिमेकी मुलुक भारतबाट दुई लाख ९२ हजार ४३८, अमेरिकाबाट एक लाख १२ हजार ३१६, चीनबाट ५८ हजार ६८४, बेलायतबाट ५७ हजार ५४५, बंगलादेशबाट ४९ हजार ३५७, अष्ट्रेलियाबाट ३७ हजार ५५०, श्रीलंकाबाट ३० हजार २४३, थाइल्याण्डबाट ३० हजार २२७ र जर्मनीबाट २४ हजार ७६३ पर्यटक नेपाल घुम्न आएका नेपाल पर्यटन बोर्डले जनाएको छ । 

Marvel
Extreme Energy

तथ्याङ्कअनुसार गत डिसेम्बरको एक महिनामा मात्र ९८ हजार १९० पर्यटक नेपाल आएका थिए । उक्त महिनामा छिमेकी मुलुक भारतबाट ३० हजार ९३, चीनबाट आठ हजार ६८०, अमेरिकाबाट छ हजार ६०५, बङ्गलादेशबाट चार हजार ९८०, अष्ट्रेलियाबाट चार हजार ४१९, थाइल्याण्डबाट चार हजार २३४, बेलायतबाट तीन हजार ७९३, म्यानमारबाट दुई हजार ७५८ र मलेसियाबाट दुई हजार ४२९ पर्यटक भित्रिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अपी हिमालः जहाँ प्रकृति बोल्छ

अपी हिमालः जहाँ प्रकृति बोल्छ

चारैतिर चाँदीझैँ टल्किएका हिमाल, बीचमा फैलिएको विशाल पाटन । हिमालको फेदबाट निस्किएका जलधारा र मनमोहक ताल । प्रकृतिका यी अनुपम छटाले दार्चुलास्थित अपी हिमाल आधार शिविर क्षेत्रलाई स्वर्गको...
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीसँग आज द्विपक्षीय भेटवार्ता

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीसँग आज द्विपक्षीय भेटवार्ता

दुईदिने राजकीय भारत भ्रमणका लागि नयाँदिल्लीमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्दैछन् ।
बालेन र मोदीले आज ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास गर्ने

बालेन र मोदीले आज ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास गर्ने

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गर्ने भएका छन् ।
भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान, निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्

भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान, निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्

प्रधानमन्त्री वालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन गर्दै नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका...