नेभिगेशन
समाज

‘अर्चनाकृत रामायण’की लेखिका झा ‘राष्ट्रिय धरोहर नारीरत्न’ बाट सम्मानित

ललितपुर । राष्ट्रिय समाचार समितिको ललितपुर जिल्ला समाचारदाता एवम् ‘अर्चनाकृत रामायण’ का लेखिका अर्चनाकुमारी झालाई ‘राष्ट्रिय धरोहर नारीरत्न–२०८२’ बाट सम्मानित गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मैथिली भाषामा लेखिएको ‘अर्चनाकृत रामायण’ जस्तो महत्वपूर्ण कृति सार्वजनिक गरी मुलुकको धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षणसहित जनचेतना जगाउन विशेष भूमिका निर्वाह गरेबापत उनलाई सम्मान गरिएको हो ।

Ncell
Extreme Energy

प्रतिष्ठानका संस्थापक अध्यक्ष राजनन्द माण्डव्यले मुलुकको सनातन धर्म, संस्कृति र मैथिली भाषाको संरक्षणसहित धार्मिक मूल्यमान्यतालाई आमजनतामाझ पुर्याउन उल्लेखनीय भूमिका निर्वाह गरेबापत सञ्चारकर्मी, समाजसेवी एवम् गृहणीको भूमिकामा समेत रहेकी ‘अर्चनाकृत रामायण’ का लेखिका झालाई सम्मान गरिएको स्पष्ट गरे ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले लेखिका एवम् पत्रकार झालाई सम्मान गरेका हुन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पहिरोले बिपी राजमार्ग अवरुद्ध

पहिरोले बिपी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ ।
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।
भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

नेपालमा जारी वर्षा, सम्भावित बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा सडक यातायात नराम्ररी प्रभावित भएको छ ।