नेभिगेशन
मुख्य समाचार

‘अर्चनाकृत रामायण’की लेखिका झा ‘राष्ट्रिय धरोहर नारीरत्न’ बाट सम्मानित

ललितपुर । राष्ट्रिय समाचार समितिको ललितपुर जिल्ला समाचारदाता एवम् ‘अर्चनाकृत रामायण’ का लेखिका अर्चनाकुमारी झालाई ‘राष्ट्रिय धरोहर नारीरत्न–२०८२’ बाट सम्मानित गरिएको छ ।

मैथिली भाषामा लेखिएको ‘अर्चनाकृत रामायण’ जस्तो महत्वपूर्ण कृति सार्वजनिक गरी मुलुकको धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षणसहित जनचेतना जगाउन विशेष भूमिका निर्वाह गरेबापत उनलाई सम्मान गरिएको हो ।

CG

प्रतिष्ठानका संस्थापक अध्यक्ष राजनन्द माण्डव्यले मुलुकको सनातन धर्म, संस्कृति र मैथिली भाषाको संरक्षणसहित धार्मिक मूल्यमान्यतालाई आमजनतामाझ पुर्याउन उल्लेखनीय भूमिका निर्वाह गरेबापत सञ्चारकर्मी, समाजसेवी एवम् गृहणीको भूमिकामा समेत रहेकी ‘अर्चनाकृत रामायण’ का लेखिका झालाई सम्मान गरिएको स्पष्ट गरे ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले लेखिका एवम् पत्रकार झालाई सम्मान गरेका हुन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

सैनिक मुख्यालय जङ्गीअड्डामा शुक्रबार आयोजित कार्यक्रममा उनीहरू तीनै जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
किमकी छोरी जु ए उत्तराधिकारीका रुपमा आउने सङ्केत

किमकी छोरी जु ए उत्तराधिकारीका रुपमा आउने सङ्केत

नयाँ वर्षको दिन बिहीबार सम्पन्न उक्त भ्रमणले उत्तर कोरियाको सत्ता राजनीतिमा नयाँ सङ्केत दिएको बताइएको छ । करिब १३ वर्षकी किम जु ए नाम भएकी किशोरीले प्योङयाङस्थित कुमसुसन...
कतार सरकारद्वारा १३ नेपाली नागरिकलाई आममाफी

कतार सरकारद्वारा १३ नेपाली नागरिकलाई आममाफी

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय दिवस र अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा कतार सरकारले १३ नेपाली कैदीलाई आममाफी दिएकाप्रति कतार सरकारप्रति आभार प्रकट गरेको छ ।
सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

तथ्याङ्कअनुसार गत डिसेम्बरको एक महिनामा मात्र ९८ हजार १९० पर्यटक नेपाल आएका थिए । उक्त महिनामा छिमेकी मुलुक भारतबाट ३० हजार ९३, चीनबाट आठ हजार ६८०, अमेरिकाबाट छ...