नेभिगेशन
मुख्य समाचार

छेकम्पारमा आगलागी हुँदा एकजना घाइते

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित लेरु गाउँमा शुक्रबार आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

आगलागी हुँदा स्थानीय ५४ वर्षीय तेन्जिङवाङगेल लामा घाइते भएका स्थानीय अटु लामाले बताए । आगलागीका कारण लामाको अनुहार, घाँटी र दुवै हात जलेको चुमनुब्री स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक प्रेम गुरुङले जानकारी दिए ।

CG

“घाइतेको छेकम्पारमै प्राथमिक उपचार भइरहेको छ । आजै बोकेर सिर्दिबास लैजाने  तयारी छ”, उनले भने । छेकम्पारबाट सिर्दिबास पुग्न एक दिन पैदल हिँड्नुपर्छ ।

आगलागीबाट घाइते तेन्जिङको घरभित्र रहेको लत्ताकपडा, अन्नपात, काठदाउरा, जस्तापाता लगायत सामग्री पूर्ण रुपमा नष्ट भएको उनले जानकारी दिए । चुल्होको आगो सल्केर आगलागी भएको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ऊर्जामन्त्री घिसिङ रास्वपा प्रवेश गरेको बिषय सरकारलाई औपचारिक जानकारी छैनः मन्त्री खरेल

ऊर्जामन्त्री घिसिङ रास्वपा प्रवेश गरेको बिषय सरकारलाई औपचारिक जानकारी छैनः मन्त्री खरेल

शुक्रबार चितवनमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री खरेलले कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको बिषय औपचारिक रुपमा जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने निर्णय र स्वयं घिसिङका तर्फबाट लिनुपर्ने निर्णय हुने...
काँग्रेस महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव पेस भएसंगै संस्थापन र इतरपक्षबीच मतभेद

काँग्रेस महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव पेस भएसंगै संस्थापन र इतरपक्षबीच मतभेद

शुक्रबार नेपाली काँग्रेस पार्टीभित्र देखिएको महाधिवेशन विवादबारे निर्णय लिन बोलाइएको कार्यसम्पादन समिति बैठकमा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्नेगरी...
निर्वाचनका लागि प्रत्यक्ष र समानुपातीकतर्फ करिव चार करोड मतपत्र छपाई गरिने

निर्वाचनका लागि प्रत्यक्ष र समानुपातीकतर्फ करिव चार करोड मतपत्र छपाई गरिने

आयोगले शुक्रबार काठमाडौंमा सञ्चारकर्मीेसंग छलफल गर्दै कार्यतालिका अनुसार निर्वाचन आचारसंहिता पारित, बन्दसूची बुझ्ने, निर्वाचन खर्चको सीमा निर्धारण गर्ने, मतदाता शिक्षाका लागि अवधारणा तयार पार्ने कार्यसम्पन्न गरिसकेको जनाएको हो...
माथिल्लोे मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे

माथिल्लोे मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे

सन् २०२५ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्ममा माथिल्लो मुस्ताङमा ६५ राष्ट्रका तीन हजार ८७२ विदेशी नागरिकले भ्रमण गरेका थिए । यसअघि सन् २०२४ मा चार हजार ९३ यहाँ आएका...