नेभिगेशन
मुख्य समाचार

महाधिवेशनको विषयलाई लिएर पार्टी विभाजन हुँदैनः कांग्रेस महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनको विषयलाई लिएर पार्टी विभाजन नहुने स्पष्ट पारेका छन् । 

शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री शर्माले महाधिवेशनका विषयमा देखिएको अल्झनलाई छलफलबाटै समाधान गर्ने भन्दै पार्टी विभाजन हुने कुरा कल्पना बाहिरको भएको  बताए । 

CG

पार्टीको विधानको व्यवस्था अनुरुप कुनै पनि कार्य गर्दा पार्टी नफुट्ने बरु थप एकढिक्का भएर अघि जाने उनले बताए । महामन्त्री शर्माले अहिलेको परिस्थीतिमा पार्टीको महाधिवेशन गरेर नयाँ नेतृत्व, नीति र दृष्टिकोणका साथ अघि बढ्नुपर्नेमा महाधिवेश मितिमा मात्रै सीमित हुन पुगेको उल्लेख गरे ।

समयमा नै महाधिवेशन नहुने भएपछि दुवै महामन्त्रीले वक्तव्य दिएर नियमित महाधिवेशनको सूचना स्थगित गर्दै विशेष महाधिवेशनको विकल्पमा जोड दिएको उनले बताए । 

उनले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व र विचारका साथ आम निर्वाचनमा होमिनुपर्ने नै अहिलेको पार्टीको मुख्य विकल्प भएको तर्क गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकताः संयोजक दाहाल

देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकताः संयोजक दाहाल

शुक्रबार खाँदबारीमा आयोजित नेपाली कम्युनिष्ट पार्टी सङ्खुवासभाको एकता सन्देशसभामा संयोजक दाहालले संविधान बचाउन वामपन्थी र समाजवादी एकता गरिएको बताएका हुन । उनले जेनजी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प...
दलहरुको समानुपातिक बन्दसूचीमा अपाङ्ग व्यक्तिलाई समावेश गर्न अदालतले आदेश

दलहरुको समानुपातिक बन्दसूचीमा अपाङ्ग व्यक्तिलाई समावेश गर्न अदालतले आदेश

केहि दलहरुले पेश गरेको समानुपातिक बन्दसूचीमा संविधान र कानूनबमोजिम अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व नभएको देखिएका कारण त्यस्तो राजनीतिक दलहरुलाई उम्मेदवारको बन्द सूची सच्चाई अपाङ्गता भएका व्यक्तिहरूको नामसमेत समावेश...
ऊर्जामन्त्री घिसिङ रास्वपा प्रवेश गरेको बिषय सरकारलाई औपचारिक जानकारी छैनः मन्त्री खरेल

ऊर्जामन्त्री घिसिङ रास्वपा प्रवेश गरेको बिषय सरकारलाई औपचारिक जानकारी छैनः मन्त्री खरेल

शुक्रबार चितवनमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री खरेलले कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको बिषय औपचारिक रुपमा जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने निर्णय र स्वयं घिसिङका तर्फबाट लिनुपर्ने निर्णय हुने...
काँग्रेस महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव पेस भएसंगै संस्थापन र इतरपक्षबीच मतभेद

काँग्रेस महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव पेस भएसंगै संस्थापन र इतरपक्षबीच मतभेद

शुक्रबार नेपाली काँग्रेस पार्टीभित्र देखिएको महाधिवेशन विवादबारे निर्णय लिन बोलाइएको कार्यसम्पादन समिति बैठकमा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्नेगरी...

भर्खरै