नेभिगेशन
समाज

महाधिवेशनको विषयलाई लिएर पार्टी विभाजन हुँदैनः कांग्रेस महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनको विषयलाई लिएर पार्टी विभाजन नहुने स्पष्ट पारेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री शर्माले महाधिवेशनका विषयमा देखिएको अल्झनलाई छलफलबाटै समाधान गर्ने भन्दै पार्टी विभाजन हुने कुरा कल्पना बाहिरको भएको  बताए । 

Ncell
Extreme Energy

पार्टीको विधानको व्यवस्था अनुरुप कुनै पनि कार्य गर्दा पार्टी नफुट्ने बरु थप एकढिक्का भएर अघि जाने उनले बताए । महामन्त्री शर्माले अहिलेको परिस्थीतिमा पार्टीको महाधिवेशन गरेर नयाँ नेतृत्व, नीति र दृष्टिकोणका साथ अघि बढ्नुपर्नेमा महाधिवेश मितिमा मात्रै सीमित हुन पुगेको उल्लेख गरे ।

समयमा नै महाधिवेशन नहुने भएपछि दुवै महामन्त्रीले वक्तव्य दिएर नियमित महाधिवेशनको सूचना स्थगित गर्दै विशेष महाधिवेशनको विकल्पमा जोड दिएको उनले बताए । 

उनले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व र विचारका साथ आम निर्वाचनमा होमिनुपर्ने नै अहिलेको पार्टीको मुख्य विकल्प भएको तर्क गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...
मुख्य नाकामा सडक भासिएपछि स्थलमार्गबाट सोलुखुम्बुमा आवागमन बन्द

मुख्य नाकामा सडक भासिएपछि स्थलमार्गबाट सोलुखुम्बुमा आवागमन बन्द

सडक भासिएसँगै सोलुखुम्बुबाट काठमाडौँ तथा कोशी प्रदेशको राजधानी विराटनगरतर्फ जाने र ती क्षेत्रबाट सोलुखुम्बु भित्रिने यातायात सेवा प्रभावित भएका प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले जानकारी दिए । उनका...
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

अधिवेशनबाट पारित अपिलमा महरलाई इतिहासको सम्मान गर्दै भविष्यको जिम्मेवारी बहन गर्न सक्ने नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ। संगठनलाई व्यक्ति र गुटभन्दा माथि उठाएर संस्थागत बनाउने तथा बदलिँदो राष्ट्रिय...
कांग्रेसको १५औँ महाधिवेशनमा आतिथ्यका लागि रवि लामिछाने, केपी ओली र प्रचण्डलाई निम्तो

कांग्रेसको १५औँ महाधिवेशनमा आतिथ्यका लागि रवि लामिछाने, केपी ओली र प्रचण्डलाई निम्तो

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन काठमाडौँमा आयोजना हुँदै छ । २०८३ असोज १६ गते काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह हुनेछ छ । सो कार्यक्रमका लागि शिर्ष नेताहरुलाई निमन्त्रणा दिइएको...

भर्खरै