नेभिगेशन
मुख्य समाचार

माथिल्लोे मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे

मुस्ताङ । सन् २०२४ को तुलनामा सन् २०२५ मा माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या घटेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका अनुसार सन् २०२५ मा माथिल्लो मुस्ताङमा पाँच दशमलव ३९ प्रतिशतले विदेशी पर्यटकको सङ्ख्या घटेको हो ।

सन् २०२५ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्ममा माथिल्लो मुस्ताङमा ६५ राष्ट्रका तीन हजार ८७२ विदेशी नागरिकले भ्रमण गरेका थिए । यसअघि सन् २०२४ मा चार हजार ९३ यहाँ आएका एक्यापको तथ्याङ्क छ ।

CG

कार्यालय प्रमुख पौडेलका अनुसार सन् २०२५ मा मुस्ताङ जिल्लामा भित्रिएका कुल विदेशी पर्यटक सङ्ख्याको अनुपातमा दुई दशमलव २४ प्रतिशतले मात्रै माथिल्लो मुस्ताङ भ्रमण गरेका छन् ।

जिल्लामा अघिल्लो वर्षको तुलनामा सन् २०२५ मा २५ हजार ४०३ जना अर्थात् १८ दशमलव ७१ प्रतिशतले पर्यटक सङ्ख्या वृद्धि हुँदै गर्दा सन् २०२५ मा माथिल्लो मुस्ताङमा पाँच दशमलव ३९ ले पर्यटक सङ्ख्या घट्न पुगेको उनले बताए ।

जिल्लामा सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटक भित्रिएका थिए । गत भदौ २३ र २४ जेनजी आन्दोलनको प्रभाव र मौसम प्रतिकूलताका कारण पर्यटकको सङ्ख्या घटेको अनुमान रहेको एक्याप लोमान्थाङ प्रमुख पौडेलले बताए ।

यस वर्षको पर्यटकीय याममा बेमौसमी वर्षाका कारण जोमसोम–कोरला राष्ट्रिय राजमार्ग सडक बाढी/पहिरोका कारण दर्जनौँ स्थानमा सडक अवरुद्ध भएको थियो । यसैगरी, गत कात्तिक १० गतेको बेमौसमी हिमपातपछि स्थानीय प्रशासनले उच्चस्थानका क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको थियो ।

यसले गर्दा पनि सन् २०२५ को पछिल्लो चार महिना पर्यटकको उपस्थित निकै कम  भएको पौडेलले बताए । यहाँ सन् २०२० मा ६२ जना, सन् २०२१ मा ३३७ जना, सन् २०२२ मा तीन हजार ११२ जना र सन् २०२३ मा तीन हजार ४८४ ले यहाँ भ्रमण गरेका थिए ।

उत्तरी कोरला नाकासँग जोडिएको माथिल्लो मुस्ताङका दुई पालिका र बारागुङ मुक्तिक्षेत्रको कागबेनीदेखि माथिल्लो क्षेत्र निषेधित तथा नियन्त्रित क्षेत्र हो । यहाँ जिल्लामा भित्रिएका विदेशी पर्यटकमध्ये ९७ प्रतिशत पर्यटक कागबेनी र मुक्तिनाथबाट फर्किने गरेका छन् ।

यहाँका पर्यटन व्यवसायीले नेपाल सरकार अध्यागमन विभागले विदेशी पर्यटकलाई १० दिनका लागि प्रतिव्यक्ति रु ५०० अमेरिकी डलर प्रवेशाज्ञा शुल्क लिने गरेको छ । यो शुल्क महँगो भएकाले पनि पर्यटकले माथिल्लो मुस्ताङ भ्रमण गर्न समस्या मान्ने गरेको व्यवसायीले गुनासो गर्छन् ।

विगतदेखि नै यहाँका पर्यटन व्यवसायी र जनप्रतिनिधिले शुल्कलगायत व्यवस्थापकीय पक्षमा सरकारको ध्यानआकर्षण गराउँदै आएका लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए ।

जेनजी आन्दोलनपछि भने सरकारले यहाँ आउने विदेशी पर्यटकलाई प्रवेशाज्ञा शुल्क ५०० डलरलाई समायोजन गरी प्रतिव्यक्ति प्रतिदिन ५० डलर उठाउने निर्णय गरेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकताः संयोजक दाहाल

देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकताः संयोजक दाहाल

शुक्रबार खाँदबारीमा आयोजित नेपाली कम्युनिष्ट पार्टी सङ्खुवासभाको एकता सन्देशसभामा संयोजक दाहालले संविधान बचाउन वामपन्थी र समाजवादी एकता गरिएको बताएका हुन । उनले जेनजी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प...
दलहरुको समानुपातिक बन्दसूचीमा अपाङ्ग व्यक्तिलाई समावेश गर्न अदालतले आदेश

दलहरुको समानुपातिक बन्दसूचीमा अपाङ्ग व्यक्तिलाई समावेश गर्न अदालतले आदेश

केहि दलहरुले पेश गरेको समानुपातिक बन्दसूचीमा संविधान र कानूनबमोजिम अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व नभएको देखिएका कारण त्यस्तो राजनीतिक दलहरुलाई उम्मेदवारको बन्द सूची सच्चाई अपाङ्गता भएका व्यक्तिहरूको नामसमेत समावेश...
ऊर्जामन्त्री घिसिङ रास्वपा प्रवेश गरेको बिषय सरकारलाई औपचारिक जानकारी छैनः मन्त्री खरेल

ऊर्जामन्त्री घिसिङ रास्वपा प्रवेश गरेको बिषय सरकारलाई औपचारिक जानकारी छैनः मन्त्री खरेल

शुक्रबार चितवनमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री खरेलले कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको बिषय औपचारिक रुपमा जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने निर्णय र स्वयं घिसिङका तर्फबाट लिनुपर्ने निर्णय हुने...
काँग्रेस महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव पेस भएसंगै संस्थापन र इतरपक्षबीच मतभेद

काँग्रेस महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव पेस भएसंगै संस्थापन र इतरपक्षबीच मतभेद

शुक्रबार नेपाली काँग्रेस पार्टीभित्र देखिएको महाधिवेशन विवादबारे निर्णय लिन बोलाइएको कार्यसम्पादन समिति बैठकमा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्नेगरी...

भर्खरै