नेभिगेशन
मुख्य समाचार

निर्वाचनका लागि प्रत्यक्ष र समानुपातीकतर्फ करिव चार करोड मतपत्र छपाई गरिने

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वीकृत कार्यतालिका अनुसार नै तयारी तीव्र बनाइएको जनाएको छ ।

आयोगले शुक्रबार काठमाडौंमा सञ्चारकर्मीेसंग छलफल गर्दै कार्यतालिका अनुसार निर्वाचन आचारसंहिता पारित, बन्दसूची बुझ्ने, निर्वाचन खर्चको सीमा निर्धारण गर्ने, मतदाता शिक्षाका लागि अवधारणा तयार पार्ने कार्यसम्पन्न गरिसकेको जनाएको हो ।

CG

निर्वाचनका लागि प्रत्यक्ष र समानुपातीक तर्फ करिव चार करोड संख्यामा मतपत्र छपाई गरिने र फागुन १० गतेसम्म सम्बन्धित सबै जिल्लामा पठाइसक्ने योजना रहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

उनले निर्वाचन प्रचारप्रसारका लागि सीमा निर्धारण गरिएको उल्लेख गर्दै उम्मेदवार तथा राजनीतिक दलले बैंक खाता खोली त्यसमार्फत खर्च गर्न पाउने बताए । निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र राजनीतिक दल तथा उम्मेदवारले सम्बन्धीत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा खर्चको विवरण पेश गर्नुपर्ने प्रवक्ता भट्टराईले बताए ।

त्यस्तै उनले राजनीतिक दलले बुझाएको समानुपातिक बन्दसूची आफु अनुकुल संशोधन गर्न नमिल्ने बताए । कलस्टर वा प्रतिनिधित्व नमिलेको अवस्था र उम्मेदवारले नाम फिर्ता लिएको अवस्थामा मात्रै अर्को उम्मेद्वारको नाम पठाउन सकिने उनले स्पष्ट पारेका थिए । उनले समानुपातिक तर्फ अहिलेसम्म ५८ वटा चूनावचिन्ह मत पत्रमा रहने निश्चितजस्तै भएको जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेस नियमित  महाधिवेशनमा गयो, विषेश महाधिवेशनको औचित्य सकियोः प्रकाशरण महत

कांग्रेस नियमित महाधिवेशनमा गयो, विषेश महाधिवेशनको औचित्य सकियोः प्रकाशरण महत

कार्यसम्पादन समितिको बैठकले वैशाख २८ देखि ३१ गतेसम्म १५ औँ महाधिवेशनको कार्यतालिका पारित गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा महतले  विषेश महाधिवेशनको औचित्य समेत सकिएको बताए ।
देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकताः संयोजक दाहाल

देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकताः संयोजक दाहाल

शुक्रबार खाँदबारीमा आयोजित नेपाली कम्युनिष्ट पार्टी सङ्खुवासभाको एकता सन्देशसभामा संयोजक दाहालले संविधान बचाउन वामपन्थी र समाजवादी एकता गरिएको बताएका हुन । उनले जेनजी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प...
दलहरुको समानुपातिक बन्दसूचीमा अपाङ्ग व्यक्तिलाई समावेश गर्न अदालतले आदेश

दलहरुको समानुपातिक बन्दसूचीमा अपाङ्ग व्यक्तिलाई समावेश गर्न अदालतले आदेश

केहि दलहरुले पेश गरेको समानुपातिक बन्दसूचीमा संविधान र कानूनबमोजिम अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व नभएको देखिएका कारण त्यस्तो राजनीतिक दलहरुलाई उम्मेदवारको बन्द सूची सच्चाई अपाङ्गता भएका व्यक्तिहरूको नामसमेत समावेश...
ऊर्जामन्त्री घिसिङ रास्वपा प्रवेश गरेको बिषय सरकारलाई औपचारिक जानकारी छैनः मन्त्री खरेल

ऊर्जामन्त्री घिसिङ रास्वपा प्रवेश गरेको बिषय सरकारलाई औपचारिक जानकारी छैनः मन्त्री खरेल

शुक्रबार चितवनमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री खरेलले कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको बिषय औपचारिक रुपमा जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने निर्णय र स्वयं घिसिङका तर्फबाट लिनुपर्ने निर्णय हुने...

भर्खरै