नेभिगेशन
समाज

निर्वाचनका लागि प्रत्यक्ष र समानुपातीकतर्फ करिव चार करोड मतपत्र छपाई गरिने

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वीकृत कार्यतालिका अनुसार नै तयारी तीव्र बनाइएको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगले शुक्रबार काठमाडौंमा सञ्चारकर्मीेसंग छलफल गर्दै कार्यतालिका अनुसार निर्वाचन आचारसंहिता पारित, बन्दसूची बुझ्ने, निर्वाचन खर्चको सीमा निर्धारण गर्ने, मतदाता शिक्षाका लागि अवधारणा तयार पार्ने कार्यसम्पन्न गरिसकेको जनाएको हो ।

Ncell
Extreme Energy

निर्वाचनका लागि प्रत्यक्ष र समानुपातीक तर्फ करिव चार करोड संख्यामा मतपत्र छपाई गरिने र फागुन १० गतेसम्म सम्बन्धित सबै जिल्लामा पठाइसक्ने योजना रहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

उनले निर्वाचन प्रचारप्रसारका लागि सीमा निर्धारण गरिएको उल्लेख गर्दै उम्मेदवार तथा राजनीतिक दलले बैंक खाता खोली त्यसमार्फत खर्च गर्न पाउने बताए । निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र राजनीतिक दल तथा उम्मेदवारले सम्बन्धीत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा खर्चको विवरण पेश गर्नुपर्ने प्रवक्ता भट्टराईले बताए ।

त्यस्तै उनले राजनीतिक दलले बुझाएको समानुपातिक बन्दसूची आफु अनुकुल संशोधन गर्न नमिल्ने बताए । कलस्टर वा प्रतिनिधित्व नमिलेको अवस्था र उम्मेदवारले नाम फिर्ता लिएको अवस्थामा मात्रै अर्को उम्मेद्वारको नाम पठाउन सकिने उनले स्पष्ट पारेका थिए । उनले समानुपातिक तर्फ अहिलेसम्म ५८ वटा चूनावचिन्ह मत पत्रमा रहने निश्चितजस्तै भएको जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

पृथ्वीराजमार्गको कृष्णभीर, चौकीभीर, जवाङखोला, फिस्लिङलगायत सडकखण्ड अवरुद्ध भएका छने । सो खण्ड अवरुद्ध हुँदा मुलुकका विभिन्न स्थानबाट देशको राजधानी काठमाडौँ आउने सवारीसाधन प्रभावित भएका छन् । लगातारको वर्षाका...
१३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान, कहाँ कसरी दिने ?

१३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान, कहाँ कसरी दिने ?

समितिले आज सार्वजनिक गरेको सूचनामा प्रस्तावित राजदूतका सम्बन्धमा कसैलाई नियुक्तिका लागि उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार तथा सबुतप्रमाणसहित रीतपूर्वक उजुरी दिन सकिने जनाएको छ । सूचना पहिलोपटक...
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

सङ्घीय निर्वाचन क्षेत्र अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्नेछ । महासमिति सदस्यका रूपमा हरेक निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा...
पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।