नेभिगेशन
मुख्य समाचार

ऊर्जामन्त्री घिसिङ रास्वपा प्रवेश गरेको बिषय सरकारलाई औपचारिक जानकारी छैनः मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ऊर्जामन्त्री कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको बिषय सरकारलाई औपचारिक जानकारी नभएको बताएका छन् ।

शुक्रबार चितवनमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री खरेलले कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको बिषय औपचारिक रुपमा जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने निर्णय र स्वयं घिसिङका तर्फबाट लिनुपर्ने निर्णय हुने समेत बताएका हुन । सरकारको मन्त्रीमात्रै नभइ जोकोहि योग्य नागरिक चूनावमा उठ्न पाउने भन्दै उहाले पद र शक्तिको दुरुपयोग भने गर्न नमिल्ने उल्लेख गरे ।

CG

खरेलले आफु नागरिक सरकारको प्रवक्ताका साथै सञ्चारमन्त्री पदमा रहेकाले अहिलेसम्म कुनै पार्टीमा आवद्ध नरहेको र चूनाव लड्ने वा नलड्ने भन्ने बिषयमा कुनै निर्णय नगरेको बताए । उनले आसन्न प्रतिनिधिसभाको निर्वाचनको सवै तयारी भइसकेकाले तोकिएको समयमा निर्वाचन हुनेमा आशंका नगर्न आग्रह समेत गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पुस मसान्तभित्र विशेष महाधिवेशन हुन्छः गगन थापा

पुस मसान्तभित्र विशेष महाधिवेशन हुन्छः गगन थापा

विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुन्छ वा कसरी हुन्छ भन्नेबारे केहिदिनभित्रै टुङ्गो लाग्ने उनको भनाइ छ । उनले केन्द्रीय कार्यसमितिभन्दा विधान ठूलो भएकाले केन्द्रीय कार्यसमितिले निर्णय नगरे...
कांग्रेस नियमित  महाधिवेशनमा गयो, विषेश महाधिवेशनको औचित्य सकियोः प्रकाशरण महत

कांग्रेस नियमित महाधिवेशनमा गयो, विषेश महाधिवेशनको औचित्य सकियोः प्रकाशरण महत

कार्यसम्पादन समितिको बैठकले वैशाख २८ देखि ३१ गतेसम्म १५ औँ महाधिवेशनको कार्यतालिका पारित गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा महतले  विषेश महाधिवेशनको औचित्य समेत सकिएको बताए ।
देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकताः संयोजक दाहाल

देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकताः संयोजक दाहाल

शुक्रबार खाँदबारीमा आयोजित नेपाली कम्युनिष्ट पार्टी सङ्खुवासभाको एकता सन्देशसभामा संयोजक दाहालले संविधान बचाउन वामपन्थी र समाजवादी एकता गरिएको बताएका हुन । उनले जेनजी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प...
दलहरुको समानुपातिक बन्दसूचीमा अपाङ्ग व्यक्तिलाई समावेश गर्न अदालतले आदेश

दलहरुको समानुपातिक बन्दसूचीमा अपाङ्ग व्यक्तिलाई समावेश गर्न अदालतले आदेश

केहि दलहरुले पेश गरेको समानुपातिक बन्दसूचीमा संविधान र कानूनबमोजिम अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व नभएको देखिएका कारण त्यस्तो राजनीतिक दलहरुलाई उम्मेदवारको बन्द सूची सच्चाई अपाङ्गता भएका व्यक्तिहरूको नामसमेत समावेश...

भर्खरै